~श्रीपुरुष ढकाल~
तिम्रो आफ्नो बन्छु भन्थेँ
पराइ पनि हुन सकिन
सबको आँसु पुस्छु भन्थेँ
आफ्नै आँसु पुछ्न सकिन
तिम्रो साथ पाउँदा लाग्थ्यो
सारा खुसी, मेरो नै हो
तिमीले हात समाउँदा लाग्थ्यो
सिङ्गो संसार मेरो नै हो
सधैँ सधैँ हास्छु भन्थेँ
धित् मारेर रुन सकिन
सबको आँसु पुस्छु भन्थेँ
आफ्नै आँसु पुछ्न सकिन
मन्दिर पुग्दा हामी दुवै
एक अर्कालाई आशीष माग्थ्यौँ
छहारीमा सुस्ताउँदै
एक अर्काको पसिना पुछ्थ्यौँ
धेरै नजिक हुँला भन्थेँ
टाढाको पनि हुन सकिन
सबको आँसु पुस्छु भन्थेँ
आफ्नै आँसु पुछ्न सकिन
श्रीपुरूष ढकाल
सानेपा, ललितपूर
(स्रोत : मधुपर्क २०६६)