~थरेन्द्र बराल~
रातो फूल गुराॅसको कति राम्रो नाऊ
एस्कै माला लगाएर
उन्नतिमा रमाएर हास्यो मेरो गाउ हो हो
वारिपारी साईनो जोड्ने मेरो साॅघु गाउ ।
झुल्के घामको पहिलो किरण मेरै गाउॅ टेकछ
मुलुकको भाग्ये पनि यहिबाट लेख्छ
पाथिभरा लोभियेर मित लाउ
साॅघु तिमी एता आउ कि मॅ तेतै आउ हो हो
मेची काली साईनो जोड्ने मेरो साॅघु गाउॅ ।
जलजलेमा हावा चल्दा मिल्के डाॅडा हाॅस्छ
टारी खेतमा धानको बाला मारूनीझै नाच्छ
कंचंजंघा लोभीएर भन्छ प्रित लाउ
साॅघु तिमी एता आउ कि मॅ तेतै आउ हो हो
एकताको साईनो जोड्ने मेरो साॅघु गाउॅ ।
शब्द / संगीत : थरेन्द्र बराल
स्वर : थरेन्द्र बराल, बलराम समाल, बसन्ति राई र सन्ध्या अधिकारी ।
– राजगढ, झापा, हाल : कपन, काठमाडौँ