~अशोक थापा~
पिरैपिरले चिरिएका मुटुका पाटाहरू
दिलको घाउ चहर्याउँछ नबसेर खाटाहरू
इन्द्रधनुष फिका लाग्छन गुराँस विधवाझैँ
तिमीविना शुन्य लाग्छ व्यस्त चोक बाटाहरू
चारचौरास भौँतारिँदै केही खोजेजस्तो
नौ लाख तारा बीच जुन लाग्छन् तिम्रा आँखाहरू
फूलमाथि रमाउने नाफा तिम्रो जिन्दगानी
सही दिउँला बरु मैले घाटैमाथि घाटाहरू
जिन्दगीभर नसम्झन पाए पनि हुन्थ्यो
मन रेट्ने मुटु छेड्ने मर्म पार्ने फाटाहरू
प्रित रोपी हराभरा फुल्दो फूलको घर
खडेरीले जल्यो आगो खरानी भो भाटाहरू
आँखाबाट जलिराछ मुसल्धारे बर्षा
ओत लाग्न खोज्छ्यौ तिमी वनावटी छाताहरू
अशोक तिमी बो न त किन बस्छौ चुप
कहाँ गए प्रेम गीत गाउने तिम्रा भाटाहरू
– भरतपोखरी
(स्रोत : रचनाकारको ब्लगबाट सभार)