गजल : पुग्दैन भ्यागुताको

~लालकाजी श्रेष्ठ ”कमल”~

जस्तै गरे नि धार्नी पुग्दैन भ्यागुताको
भाषण खोलाको भन्दा चर्को थियो कुवाको

आफैले रोजेको हो पुतलीले आत्मदाह !
बदनाम नाम पार्ने दुश्मन थियो शिखाको

हम्मर बजार्नेले नि आभार पाएको छ !
गाडिए बन्छ सार्थक जीवन यहाँ किलाको

आकारले महत्व राख्दैन याद राख्नू !
ढोकाको के महत्व सानो चुकुल बिनाको

चुल्हा हो पाकशाला मान्छेको अन्न पाक्ने
चुल्हा त्यही श्मशान हो फेरि दाउराको !

के पाप हो के हैन कसले बताउन सक्छ ?
खुन चुस्न छोडे जीवन टिक्ला कहाँ जुगाको !

लालकाजी श्रेष्ठ ”कमल”
नीलकण्ठ-५ धादिङ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.