छन्द कविता : पाठको वर्णमाला

~तिर्थराज अधिकारी~Tirtharaj Adhikari

छन्द : उपजाति

यी कान मेरा कति चर्चराए
यी हातगोडा कति झम्झमाए
जागै बिताएँ कति रातलाई
जलेँ, जलाएँ कति आँतलाई !

न भोकमा स्वाद लिँदै अघाएँ
सखार लम्की कति चक्कराएँ
हतारमा हर्दम ताप बोकी
कुदेँ म घन्टीसित सास रोकी !

घोकेँ “ म राम्रो “ जुन पाठ मैले
राम्रो म ठानूँ कुन पाठ ऐले ?
निशान मेरो मन-ज्ञानचित्र
छ साथमा प्राप्त प्रमाणपत्र !

योद्धा महाभारतको बनेर
खटेर पारेँ रण वारपार
बिर्सिन्न मेरो प्रिय वर्णमाला
घोकी बनाएँ अब कण्ठमाला !!

(स्रोत : “सत्ताका किनाराहरू” – कवितासंग्रह – २०७० बाट साभार )

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.