~गोविन्द श्रृङ्खला~
“उदाउंदो सूर्य प्रति मेरो गुनासो छ” ऊ विस्तारै वोल्छ । झुस्स दाह्री,आँखामा एक तममासको एकोहोरोपन अनि मुहारमा आक्रोश । भौगोलिक दृष्टिले अत्यन्तै रमणीय काठमाण्डौको चोभार । मञ्जुश्री पार्कको पूर्वी भाग । पार्कमा मान्छेहरुको उपस्थिती पातलो छ । विहान सवेरै, सूर्य उदाउने समय । ऊ सधै ठिक यसै समयमा त्यहाँ आउँछ रे । उसको आगमनसंगै उसले बोल्ने पहिलो बाक्य पनि त्यही हुन्छ रे । त्यहाँ आउने सवैको भनाइ यस्तै छ । ऊ को हो ? सधै त्यहाँ किन आउँछ ? उसलाई उदाउँदो सूर्य प्रति किन गुनासो छ ? कसैलाई थाहा छैन । अझ भनौ यस व्यस्त शहरमा उसका बारेमा बुझ्ने र जान्ने चासो नै कस्लाई छ र ? उसका बारेमा मात्र किन कसैका बारेमा पनि कसलाई चासो छ यस शहरमा ? सयौ जनाको ओहोर दोहोर हुने त्यो उद्यान भित्र कहिले देखि ऊ आइरहेको छ कसैले भन्न सक्दैन । तरपनि एक दुई जनाको भनाइलाई आधार मान्ने हो भने ऊ विगत छ महिना देखि यसरी नै आइरहेको छ रे । सधै ऊ यसरी नै यहाँ आउँछ रे,अनि उदाउंदो सूर्यलाई हेरि त्यही वाक्य भन्छ रे अनि केही वेर घोरिन्छ रे । झट्ट हेर्दा ऊ उच्च मध्यम वर्गीय परिवारको जस्तै देखिन्छ । उमेर अन्दाजी तीस÷एकतीस बर्षको हुनु पर्छ । विहान करिव साडे पाँच बजेदेखि झण्डै दुई घण्टा उसले पार्कको पूर्वी भागमा रहेको ढुङ्गामा बसेर विताउँछ रे । तल वाग्मतीको एकोहोरो सुसेली पारि पट्टी सल्लाको सुसाई यी प्राकृतिक रमणियताले उसलाई छुनै सकेको छैन । ऊ एकोहोरो टोलाइरहन्छ र उही शब्द वारम्बार दोहो¥याइ रहन्छ । उसले दिनहुं उदाउँदो सूर्यलाई कति पटक धिक्कारिरहेको हुन्छ गन्ति छैन । विहानीको लालीमा प्रति उसको कुनै लगाव छैन । उषाको त्यो किरणबाट ऊ रमाउन सक्दैन । उदाउँदो कलिलो घाम सवैका लागि रमाइलो लागे पनि उसका लागि पीडाको सूचक बन्छ । मञ्जुश्री पार्कमा आउने धेरैले उसलाई यसै रुपमा देखेका छन् । उस्लाइ चिन्ने जान्ने यस उद्यानमा अहिले सम्म कोही आएको छैन । ऊ को हो ? यहाँ किन आँउछ ? उसको नाम के हो ? आदि धेरै प्रश्न अझै पनि जवाफ विहीन बनेका छन् ।
केही युवा जमातले ऊ प्रेममा असफल भएको असफल प्रेमी हो यसैले यसलाई रोमियो भन्नु पर्छ भनि नाम राखेका छन् भने कसैले मजनुको संज्ञा दिएका छन् । विगत छ महिना देखि उही दिनचर्या छ उसको । प्रायःसाढे सात बजे तिर ऊ पश्चिमी गेट तिर लम्किन्छ । पार्कबाट वाहिरिने क्रममा एक पटक सूर्यलाई ताकेर हेछर्, क्रोधले आँखा राता राता बनाउंछ अनि नबुझिने गरि केही शव्दहरु बोल्छ र सरासर गेटबाट बाहिर निस्कन्छ । उसको कसैसंग पनि दोहोरो संबाद हुंदैन ।
सधै जसो आज पनि त्यो मजनु उही उपक्रममा रहेको छ । उसका आँखामा आक्रोश छ, कसै प्रति अगाध समर्पणको भाव छ र कसैका लागि आहुतीको दह्रिलो प्रतिबद्धता छ । लाग्दछ उस भित्रको मानवीय समवेदना यति विध्न उत्ताउलो बनेको छ कि ऊ अव कसैमा समर्पित हुने भन्दा अरु केही सोच्नै नसक्ने भएको छ । ओहो ! मान्छे आफैमा केही पनि होइन रहेछ । मान्छेमा रहेको अन्तरनिहित सम्वेगले जसरी डो¥यायो मान्छेको गन्तब्य उतै हुंदो रहेछ । मान्छेको भौतिक शरिर आफैमा केही पनि होइन रहेछ । आज उसको हाउभाउमा केही अन्तर देखिएको छ । सधै जसो मलीन र गम्भिर हुने मुहार अलि चन्चल र हसिंलो देखिएको छ । उसले आज उदाउंदो सूर्यलाई गाली पनि गरेको छैन र सधै बस्ने त्यस ढुङ्गामा बसेको पनि छैन । “मेरा सवै यादहरु मेटिदै छन् ” आजको उसको पहिलो बाक्य यस्तो छ । सधै बस्ने ढुङ्गामा उसले केही खोजे झै लाग्छ । घरि यता हेर्छ घरि उता हेर्छ अनि विस्तारै बोल्छ “मेरा सम्झनाका शब्दहरु कसले मेटाइ दियो ”? त्यस ढुङ्गासंग उसको के संबन्ध छ र ढुंङ्गामा के खोजिरहेको छ ? निक्कै सुक्ष्म रुपमा उसले केही खोजीरहेको छ । धेरै वेरको प्रयास पछि पनि उस्ले केही भेटेन । उसका आँखामा आक्राश भरिएर आयो । फेरि पल भर मै निरिह बनेर आँशु झर्न थाल्यो । ऊ टोलाइ रहन्छ । एक तमासले पारि पट्टीको पाखालाई घुरिरहन्छ । आज उसको अनुहार शुष्क देखिएको छ । सायद ऊ रात भरि सुतेको छैन, आँखा लोलाएका छन् सायद ऊ धेरै रोएको छ । “सफल ! चिरपरिचित आवाज उसको कानमा पर्छ । धेरै दिन पछि ऊ यसरी झस्केको छ । उसको एकाग्रता विथोलिएको छ । उसले नियालेर सुन्छ उही चिर परिचित आवाज । कसको आवाज होला ? ठम्याउन सक्दैन । उसको स्मरणशक्तिले सायद काम गर्छ । “बन्दना ! आश्चर्य मान्दै ऊ वोल्छ । ऊ आज झण्डै छ महिना पछि यसरी बोलेको छ कसैलाई चिनेर । उसले एक तमासले बन्दनालाई हेरिरहेको छ । उसको हेराइमा वियोगको उत्पीडन छ ।
“सफल के भयो तिमीलाई ? बन्दनाको स्वर उसको कानमा पर्छ ।
“बन्दना तिमी आयौ ”? खोइ त स्वस्तिका ? उसले प्रश्न गर्छ ।
स्वस्तिका ? के भनेको सफल ? ऊ आश्चर्य पर्दै बोल्छे । बन्दना झण्डै एक बर्ष पछि अमेरिकाबाट नेपाल आएकी छे । उसलाई त सफल र स्वस्तिकाको गहिरो प्रेमका बारेमा मात्र थाहा थियो । यो विचमा के के परिघटनाहरु भए केही थाहा थिएन ।
“बन्दना ! मेरी स्वस्तिका ऊ त्यो ढुंगामा बसेकी छिन् हेर त खै अहिले कता हराइन्” ऊ बोल्छ । सायद अघि उसले ढुंगाको वरिपरि स्वस्तिकालाई नै खोजी रहेको हो ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)