~गोविन्द रावत~
कोईली जस्तै वोली तिम्रो ,सुनु सुनु लाग्छ अचेल
अमर अटूट प्रेम गाथा, बुनु बुनु लाग्छ अचेल।।
दिनमा भोक रातमा निद्रा, हराईसक्यो हेर मनु
एकै होस शब्द तिम्रो, सुनु सुनु लाग्छ अचेल।।
आकाशको चन्द्रमा नि , गर्छ होला ईर्ष्या तिम्रो
मधूमिठास माया जाल, बुनु बुनु लाग्छ अचेल ।।
मेरो मनको बगैचामा, ढकमक फुल्यौ तिमी
पिरतिको सुन्दर माला, बुनु बुनु लाग्छ अचेल ।।
मनै त हो भन्थ्यौ मनु बिर्सियौकी आजभोली
सम्झनाका सुन्दर माला, बुनु बुनु लाग्छ अचेल ।।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )