कविता : म आसावादी थिएँ !

~रबिन पुरि~

हावाले हानेको दियोबाट
म प्रकाशको आसा गर्दै थिएँ !
औसीका रातहरुमा
जुन र तारा हेर्दै थिएँ !!

चर्किएका माटाको भाडाहरुमा
पानीका थोप्पाहरु नाप्दै थिएँ !
खियाले खाएका फलामलाई
औजरको रुप दिदै थिएँ !!

उजाडिएका डाडा पाखाहरुमा
हरियालिको सन्केत दिइरएँ !
कोइला खानिबाट म
हिराको आसा गर्दै थिएँ !!

पुष मार्घको जाडोमा
न्यानोको खोजिमा हिडिरहेँ !
भोकाएका खाली पेटहरुलाई
अन्नको आसपासन दिदै थिएँ !!

अशान्तीको मेरो परिभेसमा
शान्तिको आसा खोज्दै थिएँ !
रोहिरहेकी मेरी आमालाई
म सम्झाउदै थिएँ !!

खरी झरेको मादलबाट
संगीतको ताल रोज्दै थिएँ !
कालिदास बाट म
बालमिकी खोज्दै थिएँ !!

दुस्मनलाई साथी बनाउने
कोशीस मैले गरिरहेँ !
मेरो जीवनमा
म आसावादी थिएँ !!

रबिन पुरि
हाल Ras Al khaimah ,UAE

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.