~जीवराज बुढाथोकी~
धौलागिरीको फराकिलो आगनमा,
ढकमक्क लालीगुराँस अयो पाहुना,
बसन्तको सुरम्य यो मध्यमाझमा,
आहा साँच्चै कति आनन्द हृदयमा !!
सेतो फेटा गुथे झैं यो धौलागिरी,
रातै फूलेको गुराँसले आँखै तिरिमिरी,
डाँफेमुनालको कोलाहल र चिरिविरी,
थाक्दैन कोही यो सुन्दरता हेरिहेरी !!
बनका कन्दरामा पालुवा छाएका,
मृग चराचर उफ्रिउफ्रि रमाएका,
चिसोवायु बेगमा पात फर्फराएका,
पदयात्री, पर्यटक स्वर्गमा हराएका !!
नेपालीका दुःख र पीडा आफ्नै छन्,
बेदना र मर्मका चोट अरु धेरै झन्,
नियतिले कहिलै कसैको भरेन तन्,
देश अस्तव्यस्त परदेशमा खिन्न मन् !!
जहाँ जे होस् स्वदेश संझाउन थाले,
नेपाल आमाको अनुपम सुन्दरताले,
सुन्दर प्रकृतिमा लुकेको बैभवताले,
लालीगुराँस र धौलागिरीको मजाले !!
जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं