लघुकथा : काष्ठ-मण्डप

~कात्यायन~dhanwantari-mishra-katyayan

काठै-काठले निर्माण भएको विशाल काष्ठ-मण्डप आफूलाई दुर्गन्धित भएको महसुस गर्छ र बागमतीमा गएर स्नान गर्छ |

उसले बिर्सिएको थिएन कि कुनै बेला जनताबाट तिरस्कृत र दूषितहरू आफूलाई स्वच्छ-छवि र योग्य प्रमाणित गर्न दौरा-सुरुवालमा सु-सज्जित भएर नारायणहिटीमा स्नान गर्न लम्पसार परेका थिए भने त्यही समयमा कोही भने रक्तस्नान गर्नमा तल्लिन थिए |

सर्पले झैं समयले काँचुली फेरिसकेको छ |

नारायणहिटी स्वयम् टुकुचाहरूमा स्नान गर्दै आफूलाई पवित्र बनाउँदै हिँडि रहेकोछ |

अंगारलाई आफैँले गंगाजल छर्केर महादेव बनाएर पुज्दै हिंडेकाहरू; वरदानकोसट्टा श्रापित ठानेर पश्चातापको रापमा स्नान गरिरहेका छन् |

विचरा काष्ठ-मण्डप !

ऊ धेरै सोच्दैन | सीता झैं आफूलाई महा-पवित्र प्रमाणित गर्न विशाल खलियो तयार गर्छ र त्यही अग्नि-कुण्डमा आफूलाई होम्न तम्तयार छ !

कठै ! काष्ठ-मण्डप/काठमाडौँ ! अब तिम्रो के हविगत होला ?

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.