~सञ्जाल शर्मा~
भो नानु चाहिंदैन तिम्रो मायाँँ
तिम्रो मायाँ अटाउने मन छैन
मन राख्नलाई धन छैन
तिमी सुहाउँदो तन छैन
मसँग विदेशीपन छैन
बाटाहरू फेरिन सक्छन्
विचार परिवर्तन गर्नुपर्ला
आँधीबेहरीसँग जुध्नुपर्ला
त्यसैले सुध्र हे नानु
यो तिम्रो भोगको डगर होइन
यो त नदीको बगर हो
यहाँ भोगको सागर छ
तिमी बासका कुरा गछौँ
तर म प्यासका कुरा गर्छु
तिमीले मायाँका सौगात पस्कँदा
म त समाज सोच्छु
जनताको मुक्ति सम्झन्छु
हेर नानु
तिम्रो र मेरो लोक मिल्दैन
न त कुनै बाटाको चोक
तिमी डिस्कोमा आइसक्रिम समाउँदा
म त मानिसका लास गनिरहन्छु
तिमी आफ्नै संसारमा रमाऊ
निम्ति एकपटक बाटो नबिराऊ
किनकि तिम्रो सपनाको महलमा
सुनामी आउन सक्छ
त्यसैले
यो त खुुकुरीको धारमा हिँडेको यात्रा हो
अनेक कठिनाइको सामना गर्नुपर्छ
पहाडका थुप्रा वा छाप्रामा बास बस्नुपर्छ
मकैको सातु र खोलेसँग जिन्दगी साट्नुपर्छ
यो नानु जिन्दगी नगर मसँग
मलाई नौटङ्की गफ चाहिँदैन
मलाई अमेरिका होइन, गाउँ जानुछ
तिमीलाई लेक लाग्न सक्छ
ओकालीओरालीमा ठेस लाग्न सक्छ
तिमी मेरो जिन्दगीमा आऊ वा नआऊ
मलाई त्योसँग सरोकार छैन
मलाई त यस्तो सहयात्री चाहिएको छ
म खेताला बन्दा ऊ खेताली बन्ने
म बास बनाउँदा मलाई गास बनाउने
मसँगै सङ्घर्ष गर्न
उकालीओरालीको सामना गर्ने
न लेक लाग्ने, न वेशी लाग्ने
न मिनिस्कर्ट, न हिल सेन्डल माग्ने
मसँगै सङ्घर्ष गर्ने
आमूल परिवर्तन र न्यायको युद्धमा
(स्रोत : हाँक विक्ली – वर्ष २९, अंक ३२ – June 20, 2012 – २०६९ आषाढ ०६ गते, बुधबार)