कविता : वातावरण जोगाऔं है

~देबेन्द्र कुँवर~

पृथ्वीमा ओजन तह पातलिदै गाछ है
त्यसैले त हिमशिखर पग्लिराछ है ।

ढुंगा गीटी बालुवा नी जथाभावी नझिकौ
पुजिवादको धन पैसामा हामी नबिकौंै ।

हाम्रा पहाड पर्वत लाई जथाभावी फोरेर
चुनढुंगा नी लगेकै छन् आफै चोरेर ।

स्वच्छ हावा स्वच्छ पानी बग्ने हाम्रा पहाड
वनबिनास हुदै गए भए उजाड ।

जथाभावी कार्वन ग्यास गर्न नदिऔं उत्पादन
बन्द गरौ थोत्रा उद्योग सवारि साधन ।

पर्यावरण जोगाउने हाम्रो हो यो चाहना
बातावरण मैत्री ग्यास निकाल्ने बनाऔं कारखाना ।

बुझिराखौ हामी सबले पृथ्वी हो साझा घर
खबरदारी गरौं आफै नपरौ है भर ।

वृक्षारोपण गरौं सबले यसैमा छ सबको हित
बातावरण जोगीएमा हाम्रो हुन्छ जित ।

प्लाष्टिक नी नफ्याकौ है पुनःप्रयोग गरौ है
फोहार पनि खाल्डो बनाइ प्रयोग गरौं है ।

पुजिवादको धन चक्करमा अब हामी नफसौ
पृथ्वीलाई जोगाऔ पहिला चुपलाई नबर्सौ ।

गरिबीको फाईदा पनि धनिले नै उठाए
खोलानाला दोहन गरि देश हाम्रो उजाड बनाए ।

–बुटवल

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ४१ – Sep. 4, 2013 – २०७० भाद्र १८ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.