~केशर देवकोटा~
शिवानीलाई हृदयमा राखे छु
भुल्दिनँ म यो जीवनमा ।
सम्झनाहरु दियौ नि
मुटुमा नमेट्ने गरी ।
जीवनमा शिवानी भेटेँ
भेटमा केही सोचेँ
सोचलाई कोरी दिएँ
कोरेकालाई गीत रचेँ ।
मेरो भन्नु शिवानीलाई
दुई शब्द केवल
हाँसी रहनु यस्तै
जीवनभरलाई ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )