~मनु ब्राजाकी~
हराएछु भन्नेकुरा जब थाहा पाइएला
आफूलाई खोज्न अब ऐना यौटा चाहिएला ।
घरमा बसी कर्म गर्दा-गर्दा दिक्क भइएछ
मन्दिरमा बसेपछि धर्म गर्न भ्याइएला।
बिरोधीका कुरासुन्दा आफ्नो ठाउँ थाहा भयो
समर्थकका कुरा मान्दा गालीमात्र खाइएला ।
रिन खोज्न जानुपर्ने अरुको नै घर घरै
खाली हात भए पनि घर फर्की आइएला ।
लोकगीत, शोकगीत, भोकगीत गाइँदैन
देशभक्त हुन अब पपगीत गाइएला ।
-सैँबु, भैँसेपाटी, ललितपुर