कविता : मेरो सपना फिर्ता दे

~एमसी सुमित~

सम्झन्छु,धोका रहेछ
तिम्रो सिरानीभित्र
मैले सपना लुकाएको दिन!
**
सत्य तिमीले मै भन्या हो
“अलिक नजिक आून लाटी
तेरो यो चुल्ठोको भुमरीमाझ
आज म जुनतारा टिपेर सजाइदिन्छु
यो रातभर मलाई साथ दे
सत्य होला
जनम-जनमको लागी
मलाई तेरै साथ चाहिन्छ।”
म तिम्रै नजिक आंए
र भनें-
“कोनी है शङका लाग्छ
सुनगाभा जीवन हो
जुनतारा भ्रम
दिने भए मलाई सुनगाभा चाहिन्छ”
मुठी कसेर तिमी बोल्यौ
“सुनगाभा मर्छ जुनतारा अजम्बरी
किनकी म पुरूष हुं”
नजाने, तिम्रो जुनताराको कथामा
मैले रातभर सपना बुनें
र सिरानीभित्र राखें।
**
बुझें,तेरो जुनताराको कथा
कती बिषाक्त रहेछ
विश्वासको घारिलो माया
**
थुक्क१लोग्नेमान्छे
तं जिवनलाई होइन
मौसमलाई प्रेम गर्दो रहेछस्
के नारी
तेरो भोक र तिर्खा मात्र हुन्रु
**
भत्क्यो नि लै लै
मेरो यो रहरलाग्दो जीवन
सुटुक्क चोरेर
मेरो सपनाको किन हत्या हरिस्
पापी१
मेरो सपना फिर्ता दे!

(स्रोत : एबिसिखबर डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.