गजल : होड छ समाजमा

~रमेश भट्टराई ‘सहृदयी’~

अरु होच्याई महान् आफू बन्नेको होड छ समाजमा
ठहर्याई दोषी खोइरो खन्नेको होड छ समाजमा ।

जान्न अवगुण आफ्नो नजिकका विरोधी खोजे पुग्छ
देख्दा दुर्गति गाँस रुच्छ भन्नेको होड छ समाजमा ।

मिली दुई एक्का पार्ने सूत्रसँग घोत्लिने चलनमा
मित्रता टिक्ला कति दिन गन्नेको होड छ समाजमा ।

सत्य खोज्दैन मान्छे अड्केर आफ्नै दिमागी दायरामा
झुटो साबित गर्न सक्दो कन्नेको होड छ समाजमा ।

पछार्दै ताली बजाई रमाउने चुक्लीको नीति बोकी
चामल छोडेर भुस निफन्नेको होड छ समाजमा ।।

रमेश भट्टराई ‘सहृदयी’
२०७३/१२/२६/७

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.