कविता : बेकामका प्रश्नहरू !

~प्रज्वल अधिकारी~

मान्छे मान्छे मार्न
उद्दत भइरहेको यो समयमा
मान्छेकै हुलहरू
केही थान भकल पूरा गर्न मन्दिरमा
राँगा,बोका,हाँस,कुखुरा र परेवा
लिएर पुगेका छन र
सद्बुद्धिको कामना गरिरहेका छन!

अब छिट्टैनै
ढुँगाको शिरमा रगतको टीका लगाउन
काटिनेछन ती तमाम निर्दोष ज्यानहरू र
स्वस्ती शान्ती गरिनेछ।

दुनियाँ किन गर्दैन मानवताको कुरा?
किन बुद्दको पेटमा छुरा धस्ने गोट्से भजन गाउछ ?
किन हिटलरको स्तुति पढ्छ?

मान्छे किन
रोप्न छोडेर धान गोलि रोप्दैछ ?
खोज्न छोडेर खुशि अहंकार रोज्दैछ?
मिल्न छोडेर व्यबहारमा भाडिन खोज्दैछ?

सँसारका मान्छेहरू किन
एक अर्काको,भावनाको कदर गर्दैनन?
किन उदास उदास भएर डिप्रेसनको सिकार छन?
भावनाको कुराले सँसार चल्दैन भन्छन र
उत्तेजक कुरा गर्छन?

आखिर
यस्तै यस्तै प्रश्नमा घोत्लिरहने म
आफ्नै जिन्दगीसँग अनुत्तरित छु
र पागल जस्तै भौँतारिरहेको छु।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.