गजल : बास हरायो

~कल्पना पौडेल‘जिज्ञासु’~

महाकालीले कैयौंको बास हरायो
खेत र बारी सहित गास हरायो

के थाहा कठै तिनलाई यो प्रलयको
मस्त निदाएको बेला सास हरायो

कोइ भए बरै घरबारविहीन
आँगनीमा भेल पस्दाच लास हरायो

राहत मिल्ने कतै नदेखिंदा संकेत
बाँचेका ती जनताको आस हरायो

बाढी पीडित पर्दा विचल्लिमा
नेतामा मानवताको आभाष हरायो

-गैंडाकोट–४,नवलपरासी, हाल इजराइल

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३२ – June 26, 2013 – २०७० आषाढ १२ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.