~दिपक अभिमन्यू~
बरबरी आँशु झारेर छुटेको पल सम्झदैछु आज !!
अनायासै त्यो तारा टुटेको पल सम्झदैछु आज !!
मधुर मुस्कानसहितको त्यो बोलीमा मिठास कस्तो!
ऐंसेलु र काफल खाँदै डुलेको पल सम्झदैछु आज !!
तिम्रो सामिप्यता निकै खोज्न थालेको छ मनले !
ओठ टोकी आँखा जुधाएको पल सम्झदैछु आज !!
बुझ्नै नसक्ने दुनियाँ छ झन तिम्रो त के कुरा र !
बेलाबखत धारे हात लाएको त्यो पल सम्झदैछु आज !!
ईशारा अन्तै निशाना अन्तै बुझ्नै गाह्रो किन यस्तो !!
एकै नजरमा घाईते भई ढलेको पल सम्झदैछु आज !!
(स्रोत : हाम्रोदमक डट कम)