~हिरण्य भोजपुरे~
आयो पाध, गयो पाध
पाधका निम्ति केको बात… !
यो मूल मन्त्र जप्तैजप्तै म हुर्किएँ । म बढेँ । बालकालमा मैले पाधेको मलाई सम्झना छैन । तन्नेरी हुँदा त्यस्ता पाध कति पाधिए होलान् कति !
अस्ट्रेलिया तालिममा रहँदा भानुआटुकी कमनिया ‘फेएसिया’ ले एक दिन भनी — “फलाना ! यु आर सो गुड, ह्यान्डसम एन्ड सेक्सी । तर तिम्रो एउटा नराम्रो बानी छ । तिमी जहाँ पनि पुइँक्क पार्छाै । त्यो नगनाउला, तर त्यो अप्रिय लाग्छ ।”
त्यतिखेर म मुसुक्क हाँसेँ मात्र, केही बोलिनँ ।
त्यो मेरो गल्ती थिएन… फुड ह्याबिट… !
आज उमेरको उत्तराद्र्धतिर म अमेरिका आएको छु । पेट कहिल्यै ठीक नहुने… ! कहीँ मलमा जानै नहुने… ! पुइँक्क, फुइँक्क । कहीँ जमघटमा जम्मा हुनै नहुने ‘भ्वाँक्क भ्वाँक्क’ । अब त ‘पुइँक्क’ ले परहेज गर्न छोड्यो । गनाउन पनि थालेछ । ‘वालग्रीन’ ले दिएको ‘टम्स’ को पनि केही लागेन ।
त्यहाँको अमेरिकी नेपालीबीच म सबैभन्दा ‘पाको’ । एउटा कार्यक्रममा त्यहाँका नेपालीले मलाई ‘चिफ गेस्ट’ बनाए ।
म आफ्नो मन्तव्य राख्तैथेँ । मैले आफ्नो उमेर बिर्सिएँ । श्रीमतीजीतिर फर्केर उनलाई मेरो उमेर सोधेँ । त्यति नै खेर मेरो पछाडितिर माइक परेछ । मैले त ठिकैसित पाधेको हुँला, तर माइकले पाधलाई हल परिसरमा बम पड्काएको भ्रम छरेछ । मानिसहरू ज¥याकजुरुक उठ्न थालेछन् । पटटट ताली पड्किए । त्यो मेरो बोलीको घनत्वको सम्मानमा पड्किएको ताली हुन सक्थ्यो । तर मलाई लाग्यो, त्यो पटटट मलाई त्यहाँका अडियन्सले मार्न पड्काएको भरुवा बन्दुकको बढाइँ हो ।
मैले बीचैमा आफ्नो भनाइ थन्क्याएँ । छोरालाई गाडी ल्याउन अह«ाएँ । र म पधौरे घरतिर भागेँ ।
(स्रोत : नेपालभूमी – २०७४ माघ ९ गते मङ्गलबार प्रकाशित अङ्कबाट)