~मुना सिग्देल~
उसोत
तिम्रा
कवितामा मात्र फुल्छन मन जिन्दगी
यतार्थमा त साना साना भन्दै जिन्दगीका
अफ्ठ्याराहरू संग सम्झौता गर्दा गर्दै
बे स्वाद र बेरंगको भएर लडिदिन्छ।
जिन्दगीका हरेक
तिम्रा कवितामा देशको
लागी दूख्ने मन
कसम खाएर भन
आफ्नाको लागी दूख्छ दूख्दैन कवि ज्यू?
जिवन मरणको दोसाँधमा रहेका मेरा बा
छेउमै प्राण को भिख मागीरहेकी मेरी आमा
तिम्रा कविताका सत्य पात्र भए भने
देश रहे मात्र हामी रहने छौ ।
भनेर लेखिएका ति
कविता ले के न्याय पाउलान त ?
घरको चिसो चूल्हो बाल्न
एक सरो लाज छोप्न
एक पेट खान
जागीरकै खोजिमा भौँतारीदा
देशले हातमा थमाएको हरियो पासपोर्ट बोकेर
बूढा बूढी बा आमा हेर्दै
भक्कानो फूटाउदै घर छोड्नेहरूले
बिरानो मूलूकमा हत्केला मा ज्यान राखेर
खून पसिना बगाउँदा देश सम्झीनू कि
आफ्ना परिवार सन्तान कवि ज्यु?
यसरी
लेख्नेहरूले लेखीरहे
पढ्नेहरूले पढिरहे
जिन्दगीलाई कविता बनाएर वास्तविकता लेखिएन
यतार्थ लेखिएन कवि ज्यू
मोरंग, नेपाल
(स्रोत : हाम्रोदमक डट कम)