~इलामेली टीकाराम दुलाल~
दिलमा लाग्छ धक्का ढलपल ढलपल गर्छ आँसु
दिलमै चोट परेपछि बाँध फुटाई झर्छ आँसु
बाहाना अनेक हुन्छन् यथार्थता मनमा हुन्छ
चोट पखाल्न नयन घडा तृप्त तृप्त भर्छ आँसु
थाँहा हुन्न बिकराल के के छ त्यो दिल भरि
सम्यम्ताको सिमा नाघी गाला तिर सर्छ आँसु
तर पनि हाँसी दिन्छ त्यही दिल किन प्रमत्तले
कुनै बखत भेटिन्दैन खै कुन नुनामा पर्छ आँसु
इलामेली टीकाराम दुलाल
2075।02।12 रोज 7
किर्तीपुर काठमाण्डौ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )