~शेखर ‘अस्तित्व’~
विश्व शान्तिको मन्त्र सु-पावन, बुध्दं सरणं गच्छामि !
नित्य निरन्तर जप्दछ यो मन, बुध्दं सरणं गच्छामि !
पंचशीलको सत्य मार्गमा हिंडेपछि अनुभूति गरें !
रै’छ परम कल्याणको साधन, बुध्दं सरणं गच्छामि !
घृणा-द्वेष, हत्या-हिंसाले मानवता अभिशप्त भयो !
भन्दै छ हर हृदयको क्रन्दन, बुध्दं सरणं गच्छामि !
सत्य अहिंसा त्याग तपस्या करुणा मैत्री प्रेम क्षमा !
सद्गुणहरुको दिव्य-वृष्टि-घन, बुध्दं सरणं गच्छामि !
बुध्द धर्म मज्झिम निकाय हो ‘अप्प दीप भव’ आधारित !
कमल र जलवत् सहज सन्तुलन, बुध्दं सरणं गच्छामि !
बुटवल–६
हाल : मुम्बई,