~प्रकाश सुनुवार ‘निराकार’~
अनगिन्ती अभावहरुको दोभानहरु छिचोल्दै
कठोर प्रवृति संगै
अहम, मपाइत्व र पश्चताब भाव बोकेको त्रिवेणीमा
एउटा खुराफाती मष्तिस्क घुमिरहन्छ
जो राजनितिमा हाबी छ
जो पत्रकार पनि वन्न खोज्छ
जो व्यापारी पनि हुन खोज्छ
जो सम्पादकीय पनि लेख्छ
जो मुलुकलाई दिशावोध गराएको भान पनि पस्कन्छ
जो अरुलाई बालुवाका कण सम्झिन्छ
अनि अविस्वासका कालो वादल भित्र
दुनियाँलाई अन्धकारमा वन्दी वनाउन खोज्छ ।
र,
समाज अघि वढन रोकिएको वेला
मुर्दाशान्ति अनि वितृष्णा पैदा भएकै वेला
मौका छोप्दै
जंगलहरु, नदिहरु, जमिनहरुमा
हिमाल, पहाड, तराईहरुमा
ठगी गर्न पल्केको छ ।
तर वालुवाका कणहरुले
सामन्ती शोषकहरु
निरंकुश तानाशाहहरु
अपराधी हिंस्रक वुर्जुवाहरु
अहंकारी भ्रष्टाचारीहरु
दलाल फटाहहरु
ति सवैलाई
वदनाम मृत्यु अंगाल्न वाध्य वनाउने छन् ।
त्रिवृणीहरुको आडमा सुस्ता रोएको छ
सप्तकोशीले पनि डुवाएको छ
आँसुहरु माझवाट वन्दुकहरु जन्मन्छन्
उमेर नपुगी पड्किन्छन्
निलो आकाशमा परेवाका प्वाँखहरु बेवारिसे भई झरिदिन्छन्
कालो कुहिरोले घामलाई अझ छेक्ने प्रयास गर्छ
वुद्धको लुम्विनीमा
पशुपतिको छप्परमा
अल्लाहको छातीमा
यलम्वरको काखमा
यशुको शिरमा
फेरि
रातो रगत घोप्टाइंदैछ
रक्तरंजीत वनाइंछ दुनियाँ ।
(२६ जुलाई २०१०, भर्जिनिया वाटर)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)