~चेतनारायण लामिछाने ‘जिज्ञासु’~
शिक्षा : घरमै प्रारम्भिक शिक्षा ग्रहण तथासाहित्यको स्वाध्यय
कविता : पहिलो (जाँदा जाँदै : २००३ साल),प्रकाशित (उनीहरूले बुझिसके : शारदा, भदौ–कार्तिक : २००७)
साहित्यिक योगदान : करिब ६ दशक लामोसमय ।
मुख्य क्षेत्र : कविता (फुटकर तथा लामो)
विशेष योगदान : लामोकविताको क्षेत्रमा मुर्धन्य प्रतिभा
हाँकेको मुख्य युग÷प्रवर्तन : नवयुगीन प्रयोगवादी धारा (वि.सं. २०१७ सालको रूपरेखा पत्रिकामा प्रकाशित‘घाइते युग’ शीर्षकको कविताबाट वि.सं. २०२९ सालसम्म)
प्रकाशित मुख्य कृतिहरू : लेक (२०२५), मोहन कोइरालाका कविता (२०३०), नून शिखरहरू (२०३१),सारंगी बोकेको समुद्र (२०३४), हिमचुली रक्तिम छ (२०३५), नदी किनाराका माझी (२०३८), ऋतुनिमन्त्रण रगरलपान (२०४०), नीलो मह (२०४१), एउटा पपलरको पात (२०४७), गजपथ (२०५९), आज कसैलाई बिदागर्नु छ (२०६०) तथा मृत्युपछि प्रकाशित अन्तिम कविता सिमसारका राजदूत (२०६५) हुन् ।
पुरस्कार : नदी किनाराका माझीका लागि २०३८ सालको मदन पुरस्कार, २०३० तथा २०४०÷४१ ? साझापुरस्कार : मोहन कोइरालाका कविता तथा ऋतुनिमन्त्रणका लागि, २०३५ सालमा रत्नश्री पदक आदि ।
मुख्य विशेषता : नवयुगीन प्रयोगवादी धाराको प्रवर्तन र विकास, नेपाली कवितालाई नयाँ प्रयोगशीलउचाइमा पु¥याउनु, सुरुवात्मा स्वच्छन्दतावादी भावधारा हुँदै पछि प्रयोगवादी भावधारामा पुगी त्यसैलाईपरिपाकको स्थिति पु¥याउनु, लामोकवितायात्राको मुख्य प्रतिभाको रुपमा खडा भई त्यसलाई समृद्ध बनाउनु,प्रयोगवादी काव्ययात्रामा पनि सुरुमा दूर्बोध्य खालको र पछि सरल तथा गम्भीर खालको काव्य सृजना गर्नुआदि ।
कोइरालाका अन्य प्रवृत्ति : परम्परागत शास्त्रीय मूल्य मान्यतालाई अस्वीकार गर्दै प्रतीकवादी स्वप्नलेखनर अतियथार्थवादी स्वचालित शैलीमा लामोकविताको सृजना गर्नु, दोस्रो युद्धपछिको मानवीय चेतनामा परेकोविभत्स विम्ब र त्यस विद्रुप स्थितिले उत्पन्न त्रासदीय जीवनबाट पाश्चात्य जगतमा नित्शेले ईश्वरकोमृत्युको घोषणा गरे र यसपछिको अवस्थामा देखापरेका प्रतीकवाद, अतियथार्थवाद, विसंगति तथाअस्तित्ववाद आदिको प्रभाव ग्रहण गरेर प्रयोगवादी स्रष्टाहरू अगाडि बढेको पाइन्छ । समालोचक ईश्वरबरालले मोहन कोइरालाको कविताको अभिवीक्षा शीर्षकको लेखमा भनेका छन् की ‘कोइरालामा टी.एस्.इलियटको गहिरो प्रभाव थियो । मोहन कोइरालाका कवितामा पाइने नागर जीवनको विभीषिका, कालुष्य,मूल्य औ मान्यताको तिरोहण, अनास्थाको बिग्बिगी, सामाजिक क्षयिष्णुता मात्र होइन, नाटकीय एकालाप,आहाने अभिव्यञ्जना तथा गूढ चिन्तन आदि जस्ता विशेषताहरु टी.एस्. इलियटकै प्रभावबाट भित्रिएका हुन्। उनका कवितामा बौद्धिकताले उत्पन्न दूर्बोध्यता छ ।
लामोकवितात्मक यात्राका चरण : मुख्यतः २ चरण (०२२–०३७ तथा ०३८ पछि मुत्युपर्यन्त )
समग्र कवितायात्रा : प्रथम चरण : २००७–२०१६, द्वितीय चरण : २०१७–०२१, तृतीय चरण : २०२२–०३७ रचतुर्थ चरण : ०३८ पछि मृत्युपर्यन्त : प्रा.डा. बासुदेव त्रिपाठीलगायतका मतमा ।
लामो कविताको सुरुवात् : वि.सं. २०२२ सालमा रुपरेखा पत्रिकाको फागुन अंकमा प्रकाशित ‘सूर्यदान’शीर्षकको कविताबाट । मोहन कोइरालाका कविता, सारंगी बोकेको समुद्र, हिमचुली रक्तिम छ, र आजकसैलाई बिदा गर्नु छ कतिपय लामाकवितासहित कविता संग्रह तथा नीलो मह काव्य हो भने अरु सबैलामाकविताहरुको संग्रह हुन् । ०३८ सालमा प्रकाशित नदी किनाराका माझी शीर्षकको कवितासँगै मोहनकोइरालाले लामोकविताको क्षेत्रमा नयाँ मोड ल्याएको देखिन्छ । कोइरालाका ०३८ अघिका कवितामादूर्बोध्यता थियो भने त्यसपछिका कविताहरुमा पाठकीय सहज सम्प्रषणीयता भेटिन्छ ।
लामाकविताको चरणगत प्रवृत्ति
प्रथम चरण : वि.सं. २०२२–२०३७ सम्म ।
लामाकविताहरु : सूर्यदान : ०२२, लेक : ०२३÷२५, पलङ नं. २१ : ०२८ र नून शिखरहरु : ०३१ ।
विशेषता : यी सबै कवितामा विसंगति–अस्तित्ववादी जीवनदृष्टि, प्रतीकवादी–अतियथार्थवादी स्वचालितलेखन पाइन्छ ।
सूर्यदानमा विसंगत–अस्तित्ववादबाट निर्देशित काममूलक जैविक चिन्तन, लेकमा प्रकृति र कामवृत्तिकोसामञ्जस्यमूलकता, पलङ नं. २१ मा विसंगत अस्तित्ववादी जीवशास्त्रीय कामवृत्तिसँगै नेपालका हिमाल–पहाड र गाउँका सांस्कृतिक जीवनशैलीको स्मृति–प्रवाह तथा नून शिखरहरुमा नेपाली हिमाली प्रदेशको स्वच्छमोहक प्रकृति र त्यहीँको आदिम खुला संस्कृतिको प्रयोगवादी अवचेतनलेखनमूलक एकालापीअभिव्यक्तिजस्ता विशिष्टताहरु देखा पर्दछन् । सबैमा गद्यकवितात्मक मुक्त लयढाँचाको प्रयोग गरिएको छ ।कवितामा विसंगत–अस्तित्ववादी जीवनदृष्टि र सौन्दर्य–चेतनाको नै व्याप्ति देखाएका छन् भने तिनकोविषयगत सेरोफेरोमा नेपालको हिमाली–पहाडी प्राकृतिक पर्यावरण, वनस्पतिजगत् एवं वायुमण्डलीय रनक्षत्रमण्डलीय दृश्य पनि समेटेका छन् । यिनको भागवत सेरोफेरो प्रेम, मिलन, विरह, प्रतीक्षा, उल्लास,घेणा, स्मृति, विवशता, संघर्षशीलता, तृप्ति–अतृप्ति, आशा–निराशाजस्ता सूक्ष्म संवेदनाहरुको रोचकसन्निवेशबाट निर्मित भएको छ । सम्पूर्ण सृष्टि, ब्रह्माण्ड, वनस्पतिजगत्, जीवजगत् र मानवजीवनकानिरन्तरता र नियमनमा कामवृत्तिको सर्वोच्च भूमिका रहेको कुरा स्वीकार गरिएको छ । जसमाअवचेतनमूलक अन्तः संरचना र स्वचालित लेखनको शृङ्खलाहीनताजस्ता विशेषता दृष्टिगोचर हुन्छन् ।विविध स्रोतका विम्ब तथा संकेतसन्दर्भहरुको प्रचुर मौलिकतापूर्ण प्रयोगद्वारा र जटिल, अस्पष्ट एवं तिर्यक/छड्के विचलनयुक्त भाषिक प्रयोगद्वारा यी लामा कवितामा थप दूर्बोध्यता भरिएको छ । यी कविताहरुकोबोधका लागि शब्द, वाक्य र अनुच्छेदमा भन्दा पनि संकथनमै भर पर्नु पर्ने हुन्छ । यो परम्परितकवितात्मक ढाँचाका विरुद्ध प्रहार गरिएको नवीन प्रयोगशील अभिव्यक्ति हो । नेपाली कविताकोपूर्वपरम्परामा रचिँदै आएका खण्डकाव्यका वैकल्पिक प्रयोगवादी उपलब्धि नै लामोकविता हो । लामाकविताको नयाँ जग बसाली त्यसलाई अग्रगति दिनु नै कोइरालाको लामोकवितात्मक यात्राको प्रथम चरणकोविशिष्ट प्राप्ति हुन आउँछ ।
द्वितीय चरण : वि.सं. २०३८ यता
लामा कविताहरु : नदी किनाराका माझी (नदी किनाराका माझी, काम खोज्नेको लस्कर, सडकको धूलोमानाटक, एउटा बितेको प्रभात, यो परिवेश हिजोको र गंगाप्रवास), नीलो मह (लघुमहाकाव्यकार लामाकविता),गजपथ (लामाकविता), ऋतुनिमन्त्रण र गरलपान, एउटा पपलरको पात (एउटा पपलरको पात, हिमालआरोहण माग्छ र युद्धवर्जित शहर) आज कसैलाई बिदा गर्नु छ (चो–को पर्वत १ र चो–को पर्वत २) रसिमसारको राजदूत ।
मुख्य विशेषता : प्रयोगवादी क्लिष्टता, जटिलता र दुरुहताभित्रै सम्प्रेष्यता–संवेद्यतातर्फ आकर्षित हुनु,हिमाली जनजीवनप्रतिको सचेतना, गरिबी जनजीवनप्रतिको भावसंवेदना, उत्तरआधुनिकवादी झुकाउ आदि ।
प्रवृत्तिहरु : नदी किनाराका माझी मोहन कोइरालाको काव्ययात्राकै निकै महत्त्वपूर्ण कृति हो । ०३८ सालकोमदन पुरस्कार विजेत यसै कृतिबाट उनी आङ्खनो काव्यिक दूरुहतालाई छाड्दै भावसम्प्रेष्यतातिर उन्मुखभएको पाइन्छ । उत्तरप्रयोगवादी सम्प्रेषणशीलता र सीमान्तीकृत वर्ग (सडकको धूलोका नाटक), जनजाति(नदी किनाराका माझी), नारी (गंगाप्रवाश), आदिका समस्या, संस्कृति, सोच आदिलाई विषय बनाई काव्यसृजना गरेका छन् । यसबाट प्रयोगशील चिन्तनका साथै उत्तरआधुनिकतावादी प्रवृत्तितिरको झुकाउ अघिबढेको पाइन्छ ।
नदी किनाराका माझी
नदी किनाराका माझी : सीमान्तकृत माझी जातिका विश्वास–आस्था र कार्यकलापको काउकुतीमय कथा
काम खोज्नेको लस्कर : शहरमा भौँतारिएका युवायुवतिका बेरोजगारी समस्या
सडकको धूलोमा नाटक : सहरिया जीवनमा आर्थिक रुपले विपनन वर्गले भोग्नुपर्ने बहुल समस्याकोनाट्यपारा
एउटा बितेको प्रभात : अतीतका गौरव र वर्तमानकालीन रुग्णता–विपन्नताको कथा
यो परिवेश हिजोको : अन्धविश्वासको व्याप्ति र विश्वासको पलायन
गंगाप्रवास : काशीका धार्मिक–पौराणिक महत्त्वका व्यतिरेकमा विवशतापूर्वक काशीप्रवासमा जाने दीनहीन रअपहेलित नेपाली विधवा नारीका सामाजिक, आर्थिक र मानवीय पीडा जस्ता अतिनवीन (उत्तरआधुनिकढंगका) विषयको आख्यानात्मक र नाटकीय लामोकवितात्मक प्रस्तुति ।
नीलो मह
नीलो मह : हिमाली प्राकृतिक सौन्दर्य, जनजातीय आदिम आवेग र सांस्कृतिक सन्दर्भ तथा सामाजिक–आर्थिक विसंगतिप्रतिको सचेतताको सात चुचुरामा गरिएको महाकाव्योन्मुख अभिव्यक्ति
ऋतुनिमन्त्रण र गरलपान
ऋतुनिमन्त्रण : प्राकृतिक ऋतुको मानवीकृत र सामाजिकीकृत नवीन चित्रण
गरलपान : आधुनिक–उत्तरआधुनिक युगका संकट–गरलको पान गर्न सक्ने शिवत्व–सञ्चेतनाको प्रसार
एउटा पपलरको पात
एउटा पपलरको पात : आधुनिक–उत्तरआधुनिक युगका विसंगति–अस्तित्ववादी चिन्ताचिन्तन,किंर्कतव्यबोध र कर्मशीलता, पातजस्तो जीवनका सफलता–विफलता एवं आरोह–अवरोहको अभिव्यक्ति
हिमाल आरोहण माग्छ : हिमाल आरोहणको प्राकृतिक पर्यावरण र सामाजिक अवस्थाको परिवर्तनशीलचलचित्रात्मक भावमय सुरम्यता
युद्धवर्जित शहर : विश्वसहरमा युद्धवर्जनको आत्मालापी उद्घोषण
गजपथ
गजपथ : सामन्तयुगीन वर्गीय अहम् र मानवता एवं नेपालीका बसाइसराइ र चुरे भावर प्रदेशकापरम्परागत तराईली सामाजिक, सांस्कृतिक र आर्थिक परिप्रेक्ष्यको सर्गबद्ध आख्यानात्मकमहाकाव्योन्मुखता
आज कसैलाई बिदा गर्नु छ
चो–को पर्वत १ र चो–को पर्वत २ : नेपालको उत्पत्तिसम्बन्धी इतिहाससञ्चेतना र अतीतोन्मुखताकोकाव्यकलात्मक चित्रण
सिमसारका राजदूत
सिमसारका राजदूत : उत्तरआधुनिकयुगीन वातवरणचेतना, पक्षीका बसाइसराइ र पक्षी–अधिकारजस्ताअनेक विषयको चित्रण गरिएको छ ।
समग्रमा कोइरालाका द्वितीय चरण : प्रयोगवादी स्वचालित लेखनकै विस्तारित रुपका साथैउत्तरआधुनिक युगका मानवीय समस्या र संवेदना, सीमान्तीकृत वर्ग, जनजाति, लिंग, वातावरण आदिकासमस्याप्रतिको गम्भीर चासो, स्वरगत बहुलता, कसैले नछोएका र नउठाएका विषय र समस्यालाईविषयवस्तुका रुपमा प्रयोग गर्ने मौलिकता, प्रायः सम्प्रेषणीयता, सूक्ष्म आख्यानात्मक प्रबन्ध र आन्तरिकप्रवाहान्विति, महाकाव्योन्मुख नवीन लामोकवितात्मकता जस्ता प्रवृत्तिहरु । नेपालका हिमाल, पहाड,उपत्यका र तराईका प्राकृतिक सौन्दर्यको मोहकता तथा त्यहाँका परम्परागत सामन्ती एवं जनजातीयसमाज र संस्कृतिका प्रवृत्तिगत विशिष्टता, गाउँ र सहका विश्वास, अन्धविश्वास एवं सामाजिक–आर्थिक रवातावरणीय समस्यालाई विषयवस्तुका रुपमा प्रयोग गर्ने र तिनलाई विसंगत–अस्तित्ववादी चिन्तनकैकेन्द्रीयतामा झल्काउन खोजे पनि विश्वशान्ति, मानवता, राष्ट्रियता र सामाजिकताप्रतिको गम्भीरसचेतताबाट ओतप्रोत तुल्याई लामोकवितात्मक वाणी दिने जस्ता प्रवृत्तिले गर्दा पनि उनको यो चरण पर्याप्तनवीन बनेको छ ।
लामोकवितात्मक प्रवृत्ति :
लामा कवितालाई आङ्खनो रुचिक्षेत्र बनाइ त्यसैमा निरन्तर क्रियाशील रहे । डेढ दर्जनभन्दा बढी लामाकविता प्रकाशित भएका छन् । बहुजातीय, बहुसांस्कृतिक, जनजातीय, बहुवर्गीय प्राकृतिक सौन्दर्य एवंसामाजिक–सांस्कृतिक परम्परा र विशिष्टता, आर्थिक पीडा र संकटग्रस्त जीवनमूल्यजस्ता बहुपक्षीयसेरोफेरोबाट उनका लामाकविताको विषयवस्तु स्वरुप संघटित भएको छ । ग्रामीण तथा सहरीया सामाजिकतथा आर्थिक जनजीवनको चित्रण, हिमाल–पहाड–उपत्यका तथा तराईका सांस्कृतिक तथा सामाजिकचिन्तन, उत्तरआधुनिकतावादी बहुस्वरीयता, सीमान्तीकृत तथा प्रवासीको पीडाको बोध, प्राणीशास्त्र,वनस्पतिशास्त्र, रसायनशास्त्र, समाजशास्त्र, मानवशास्त्र र मनोविज्ञानबाट उत्प्रेरित आधुनिक चिन्तनकाकोणबाट नेपाली एवं मानवीय जीवनजगत्को व्याख्या आदि । मानवसभ्यताका अँध्यारा पक्षको चित्रण,अवचेतन मनका भावलरहरुको स्वचालित विस्तारमय र प्रवाहयुक्त प्रयोगवादी प्रस्तुति मोहन कोइरालाकोएक उल्लेख्य लामोकवितात्मक वैशिष्ट्य हो । सर्गबद्ध र सर्गरहित लामाकविता लेखन, विविध विषयकालाक्षणिक एवं व्यञ्जनाशील विम्बप्रतीकहरुको प्रयोग, रूपक, उत्प्रेक्षा, रूपकातिशयोक्ति, स्मरण, प्रश्न,सन्देह, विरोध÷विरोधाभास, समासोक्ति, व्यक्तिविधान, समानान्तरजस्ता अर्थालंकारको सौन्दर्य उनकाकविताका विशेषता हुन् । कविनिबद्ध प्रथम पुरुष ‘म’ र कविकल्पित तृतीय पुरुष ‘ऊ’ वा नामरूपविशिष्टपात्रद्वारा कसैप्रति सम्बोधित नाटकीय एकालापपूर्ण/आत्मालापपूर्ण/स्वगतकथनमूलक/मनोवादात्मककथनकै रुपमा प्रस्तुत देखिन्छन् । ठाउँ–ठाउँमा दोहोरो संवादको प्रयोग गरिएको छ । संगीतात्मक लयउनका कवितामा पाइन्छ । भाषाशैलीको मुख्य अभिलक्षण प्रबुद्ध पाठकका निम्ति मात्र बोध्य उच्चप्रयुक्तियुक्त छ । वाक्यमा विचलन, संकथनबाट मात्र कविताको भाव बुझ्न सकिने । लामाकविताकोभाषाशैली दरुह, प्रबुद्ध पाठकका निम्ति मात्र बोध्य र उच्चप्रयुक्तियुक्त बनेको छ ।
कोइरालाका प्रयोग : प्रयोगवादी दुर्बोध्यताका साथै सुबोध्यतातर्फको उन्मुखता, भावप्रवाहात्मक अमूर्ततार मूर्त वस्तुगततातर्फको सचेतता, आख्यानरहितता र सूक्ष्माख्यानात्मकता, सर्गयुक्तता र सर्गरहिता,खण्डकाव्यधर्मी लमाइ र महाकाव्यधर्मी लमाइ जस्ता जुन विविधतापूर्ण प्रयोग गरेका छन् त्यो नै उनीएक्लैले नेपाली लामोकविताका परम्परामा गरेका प्रकारगत योगदानको सूचक/साक्ष्य हो । सम्प्रेषणकोक्लिष्टता र चरम प्रयोगशीलता अनि संवेद्यता–सम्प्रेष्यतातर्फको सचेत उन्मुखता उनका लामाकविताकाप्रयोगशील पक्ष हुन् ।
गंगाप्रवास लामोकविताको विश्लेषण :
नदी किनाराका माझीमा संकलिछ छ कवितामध्येको अन्तिम कविता मदन पुरस्कार विजेता नदी किनाराकामाझीभित्र संगृहित गंगाप्रवास लामो कविता हो । २०३८ सालमा प्रकाशित गंगाप्रवास मोहन कोइरालाकोलामाकविताको दोस्रो चरणमा देखापरेको कविता हो ।
कृतिगत सन्दर्भ :
गंगाप्रवास मोहन कोइरालाले ०३६/०३७ सालका एक–डेढ वर्षभित्र रचेका र नदी किनाराका माझी संग्रहमासंकलित छवटा लामाकवितामध्येको अन्तिम कविता हो । यसको रचना लागत लगभग डेढ–दुई महिनाकोदेखिन्छ । २०१७ सालको राजतन्त्रात्मक निरंकुशताले कवि मनमा ल्याएको चिन्ता र त्यसपछिकोविद्रोहात्मक कविचेतले जन्माएको सडक कविताक्रान्तिमा सक्रिय भूमिका निभाउने काममा मोहनकोइरालाको अग्रणी भूमिका रह्यो । यसले प्रयोगवादी धाराको नवप्रवर्तन गर्न सहयोग गरायो । यसैपृष्ठभूमिमा स्वचालित लेखकनका साथै दूर्बोध्य खालका काव्य सृजना गर्न कोइरालाको लेखनी सक्रिय रह्यो ।
आख्यानात्मक विषयवस्तुगत स्वरुप र शीर्षकीकरण : गंगाप्रवास कोइरालाका अवचेतन लेखनकैविस्तृत प्रकाशनको प्राप्ति भए पनि यो उनका पाठकसचेत सम्प्रेषणशीलता र अभिव्यक्तिगत मूर्ततातर्फकोझुकाउको दरिलो साक्ष्य पेश गर्ने लामोकविता हो । गंगाप्रवासमा आख्यानात्मकताको प्रयोग गरिएको छ ।आख्यानात्मक विषयवस्तु स्रोतका दृष्टिले कविकल्पनाप्रसूत (उत्पाद्य) किसिमकै देखिन्छ भने स्वरुपकादृष्टिले चाहिँ नेपाली पहाडी ग्रामीण जनजीवनका दैवी प्रकोपजन्य मृत्युपरक वियोग र सामाजिक–आर्थिकप्रताडनाजन्य प्रवासनका समस्याको वाहक भई सामाजिक प्रकारको बन्न गएको छ । यसको त्योआख्यानात्मक विषयवस्तु कविनिबद्ध वक्ता ‘म’ का रुपमा उपस्थित सानी नामकी पात्रका गंगा नदीप्रतिसमबोधित आत्मालाप र आङ्खनै मनोगत संवादधर्मी आन्तरिक आरोहअवरोहमय गनुगनु/एकालापकाप्रवाहमय अभिव्यक्तिमार्फत् प्रस्तुत गरिएको छ । सामाजिक विषयवस्तु घटना, पात्र र परिवेशका संघटकतत्वबाट निर्मित भएको, सम्बोधनमूलक र स्मृतिप्रवाहात्मक एकालापी कथन पद्धतिको प्रयोग भएकालेआख्यानात्मक घटनामा ठोस स्थूल कथावस्तु छैन । आफूलाई विस्तारै सानी सेर्पेनी, पाखे, नेपालकी छोरी,हिमालकी छोरी, किरातिनी, आदि अनेक नामबाट चिनाउने र अर्काका जुठा भाँडाको कल्मष पखाल्ने म पात्रलेकाशीको मणिकर्णिका घाटमा उभिई आङ्खना भावनाहरु र आफूले काशीमा साहूका भाँडा मा¤ने काम अँगालीजीविकोपार्जन गरिरहेको जस्ता कुरा आफूजस्तै भारतप्रवासमा आएकी पाखे नेपालकै हिमालदुहिता कोसीगण्डकी र कर्णालीकी बहिनी किरातिनी कल्मषनाशिनी तथा मुक्तिदात्री गंगा नदीका सामुन्ने पेस गरिरहेकोदृश्यांकनबाट यसका उक्त सूक्ष्म कथावस्तुको बीज भाग वा आदि भाग बनेको छ ।
अन्य संक्षिप्त विचार : प्रवासी नेपालीको पीडा, नदी र मान्छेबीचको सम्बन्ध, विधवा नारीको पीडा, पहाडीगाउँ पहिरोले लगेको र सासुससुरा र पतिलाई पहिरोले पुरेको, गर्भवती भएकी सानी गंगा नदीको तिरमागएर दुखेसो पोखेको, साहुबाट पीडा खप्नु परेको, गर्भको बालकले आङ्खनो सपना पुरा गर्ने कल्पना, बच्चाकोजन्म र नाम राख्ने सन्दर्भमा परेको दुविधा र अन्ततः अमीर नाम राखेको, अमीरको बाललीला, उसको मृत्युतथा अन्ततः घर फर्कनु पर्ने धारणा ।
कथाको विकासक्रम :
आदि : काशीप्रवास गएकी गर्भवती विधवा सानीले भाँडवर्तन माझ्ने काम गरी जीविकोपार्जन गर्न थाल्नु ।मध्य : उसको छोरो जन्मनु र छोराको नाम अमीर राखी उसले सुखबोध–आनन्दबोध गर्न थाल्नु । अन्त्य :बिरामी परेको पुत्र अमीरलाई बचाउने उसका सारा प्रयत्न र संघर्ष व्यर्थ भई अमीरको मृत्यु हुनु अनि उसकाजीवनमा पराजयको र दुर्नितिको पुनरावृत्ति हुनु ।
कथाको पूर्वदीप्ति : पहाडको घरसम्पत्ति, आङ्खना पति र सासुससुरा पहिरोमा पुरिनाले गर्भावस्थामैआफू विधवा र एक्ली भएको र काशीप्रवासमा आएको घटनावृत्त ।
परिवेश : भारतप्रवास, काशीतट तथा नेपालको पहाडी दृश्यका साथै अन्य ठाउँहरु ।
पात्र : सानी सेर्पेनी : प्रतिनिधि, गतिशील, अनुकूल, जुझारु नारी पात्र । अमीर : शिशुपात्र : चञ्चलबालसुलभ तर शिशुअवस्थामै उपचार नपाई मृत्यु वरण गर्नु परेको स्थिति । गंगा : नदी, मानवीय रूपमादेखापरेकी प्राकृतिक पात्र तथा अन्य साहू–महाजन साथै अन्य प्रवासी तथा स्वेदेशी पात्रहरू ।
शीर्षक : हिमालपुत्री कोसी, गण्डकी, कर्णाली एवं भागीरथीमध्ये अगाडिका तीन दिदीबहिनी नेपालमै रहेको रभागिरथी गंगाचाहिँ प्रवासी भएको सन्दर्भ तथा सानीजस्ता नेपाली दीनहीन चेलीबेटीको प्रवासीय पीडाकासाथै अमीर नामक शिशुको प्रवासी यात्राको अस्तु गंगा नदीकै तटमा सेलाउनु नै यस शीर्षक सार्थकताकानिम्ति देखापरेको विषयसन्दर्भ हुन् । यसका साथै सानीले काशीमा गएर साहूमहाजनको भाँडाबर्तन धोएरत्यसलाई सफा बनाएको तथा गंगा नदीले चाहिँ सम्पूर्ण तीर्थालुको तन सफा गरेको अथवा मैलो सफा गरेकोदुवै सन्दर्भको तादत्म्यताले पनि शीर्षक सार्थकीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
भावविधान र मुख्य विचार : मानवीय अवचेतन मनका विविध सूक्ष्म
समग्रमा प्रयोगवादी कवि मोहन कोइरालाको काव्य स्रोतलाई यसरी देखाउन सकिन्छ :
प्रयोगवादी अवधारणा
प्रतीकवाद : चाल्र्स बोदलेयर तथा मलार्मे : भावात्मकता, प्रतीकात्मकता, संश्लेषणात्मकता, विषयीपरकता। टी.एस्. इलियट, टी.इ.ह्युम आदि ।
विम्बवाद : टी.इ.ह्युम र एज्रा पाउण्ड : नयाँ लयपद्धतिको सृजना, इच्छाएको विषयमा काव्य सृजना गर्नेछुट, मूर्त, स्पष्ट र संक्षिप्त विम्बको प्रयोग आदि ।
अतियथार्थवाद : आन्द्रे ब्रतों : पुराना मूल्य मान्यताको वहिष्कार, व्यक्त हुन नसकेका प्रवृत्ति एवं जीवनकापाटालाई चित्रित, स्वचालित लेखन (automatic writing), दुरुह भाषाशैली, अनिश्वरवादी दृष्टि आदि ।
अस्तित्ववाद : आस्तिक : किर्केगाड अबाह, नास्कित : जाँ पाल सात्र्र : अनिस्वरवादी दर्शन तथाविसंगतवादी–अस्तित्ववादको खोजी आदि ।
विसंगतवाद : अल्बेर कामु : अस्तित्ववादी–विसंगतिवादी चिन्तन आदि ।
फ्रेडरिक नित्से : ईश्वरको मृत्युको घोषणा, दोस्रो विश्वयुद्धपछि सृजित मानवीय संकट तथा विभत्सस्थितिले पारेको असर ।
कार्ल माक्र्स : भौतिकवादी चिन्तन, वर्गसंघर्षको सन्दर्भ । Copyright : Rajin Paneru
9849991826
मोहन कोइराला (बिसं १९८३-२०६३) नेपाली साहित्यको काव्य विधामा प्रयोगवादी धाराका प्रवर्तकका रूपमा परिचित कवि हुन् । उनको पहिलो प्रकाशित कविता ‘बुझिसके’ शिर्षकको फुटकर कविता हो । उक्त कविता बिसं २००७ सालमा शारदापत्रिकामा प्रकाशन गरिएको थियो । स्वअध्ययनबाट नै कविता लेख्न सुरूगरेका कोइरालाले बिसं २०३८ सालको मदन पुरस्कार पनि जित्न सफल भएका थिए । कोइराला बिसं २०५६ सालमा तत्कालिन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको उपकुलपति समेत भएका थिए ।
मोहन कोइरालाको जन्म वि. सं. १९८३ साल मंसिर ११ गते सोमबारका दिन बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका सुपुत्रका रूपमा डिल्लीबजार, काठमाडौंमा भएको हो। एस.एल.सी.सम्मको शिक्षा लिएका उनी वि.सं. २०३० र २०४७ मा प्रज्ञा परिषद्को सदस्य हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति (२०५६-६१) भए
मोहन कोइरालाले शारदा, इन्द्रेणी, प्रगती जस्ता पत्रपत्रिकाहरूमा कविता प्रकाशन गरेर कविता यात्रा सुरूगरेका हुन् । बिसं २००७ सालमा ‘बुझिसके’ कवितापछि, ‘प्रसूता’ (२०११), ‘सिहिनी: लालसाको अग्निकुण्ड’ (२०१२) प्रकाशित भएको पाइन्छ ।
उनका प्रकाशित कृतिहरूः
१. सारङ्गी बोकेको समुद्र (वि.सं. २०३२)
२. नीलो मह (खण्डकाव्य, वि. सं. २०४१)
३. हिमचुली रक्तिम छ (वि. सं. २०३५)
४. ऋतु निमन्त्रण (वि.सं. २०४०)
५. मोहन कोइरालाका कविता (कवितासंग्रह, वि.सं. २०३०)
६. नदी किनारका माझी (वि.सं. २०३८)
७. एउटा पपलरको पात (कवितासंग्रह, वि. सं. २०४७)
८. कविताबारे केही चर्चा (वि. सं. २०३५)
९. लेक (काव्य, वि.सं. २०२५)
१०. गजपथ (कविता, वि.सं. २०५९)
११. आज कसैलाई बिदा गर्नु छ (कविता, वि.सं. २०६०)
१२. सिमसारका राजदूत (कविता, वि.सं. २०६५)
उनलाई नदी किनाराका माझी नामक ग्रन्थका लागि मदन पुरस्कार २०३८ प्रदान गरिएको हो। वि.सं. २०३०मा मोहन कोइरालाका कविता का लागि र वि.सं. २०४०मा ऋतु निमन्त्रण का लागि साझा पुरस्कार प्रदान गरियो । उनले रत्नश्री स्वर्ण पदकपनि पाएका थिए । मोहन कोइरालाको मृत्यु बिसं २०६३ फागुन १० गते काठमाडौंमा भयो .
‘समाप्त’
(स्रोत : रचनाकारको ब्लगबाट सभार)