~यान प्रकृति~
(१)
त्यो गुलावले पनि त सुन्छ होला
माया पिरतीका कुरा गुन्छ होला
मायाको चिनो सम्झेर दिदा खेरी
अस्विकार गर्दा कति रुन्छ होला
(२)
लाजको त्यो घुम्टो लुकाएर आउ
हल्का हल्का नजर झुकाएर आउ
त्यो रात चाँदनीले छोपि सके पछि
आउ तिम्रा ती वदन फुकाएर आउ
(३)
पठाई दे जा मलाई काल पठाई दे
अँहाँ डराउँन म जा जाल पठाई दे
सक्छ्स भने एकएक सेकेन्ड गनेर
फिक्सै गरेर म मर्ने साल पठाई दे
-यान ‘प्रकृति’
सल्यान, हाल कोहलपुर बाँके
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)