गजल : चस्केको छ देश आज

~अशोक थापा~

कोखाकोखी भित्र पट्टी चस्केको छ देश आज
प्रस्रव पीडा छटपटीमा खस्केको देश आज

पुराना खिल आँतबाट किन ननिस्केका २
विनाकारण कुर्सीभित्र चस्केको छ देश आज

छेपारोले घोचो छोड्ला दुष्‍ट बल पो गर्छ
सत्ता पासो गलाभरि मस्केको देश आज

सुस्ता र कालापानी दिउँसै लुटिएछन्
टनकपुर नभुलेर झस्केको छ देश आज

सासभरि देश हेर्ने देशकै मुहार फेर्ने
ताजाताजा जनादेशमा सर्सेको देश आज

कोखाकोखी भित्र पट्टी चस्केको छ देश आज
प्रस्रव पीडा छटपटीमा खस्केको देश आज

– भरतपोखरी

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.