लघुकथा : आश्चर्य

~यकिना अगाध~

यता आज शहीद दिवश । सालिकलाई मर्मत–सम्भार गरी चिटिक्क पारियो । बिहानै सेनाका टुकुडीले सलामी चढायो र राष्ट्रप्रमुखले माल्यार्पण गरी उनको महान बलिदानको प्रशंसा गर्यो ।

लगतै स्वागत भिडमा मिसिएका विपक्षी दलका नेता कार्यकर्ताले विरोध स्वरुप नाराजुलुस गरे । दंगा फसाद सुरु भयो । प्रहरी प्रशासनले लाठी चार्ज गर्यो । विपक्षीहरुको आरोप थियो–‘राज्यसत्ताले वीर शहीदका परिवारलाई पूर्ण वेवास्त गरियो ।’

उता भने उपचार खर्च नपाएर लामो समयदेखि थलिएका शहीदको श्रीमतिको आज बिहानै मृत्यु भयो । उनको लास उठाउनसम्म कोही भएनन् । न त्यहा सत्तापक्षको कोही पुग्यो, न विपक्षी दलको नै ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.