गजल : नेपाली खाना मनपर्छ

~पूर्णिमा प्रतिबिम्ब~

असाध्यै मनपर्छ नेपाली खाना मनपर्छ
रोइला गीत र दोहोरी भाका मनपर्छ

पिउनुपर्छ दूध भनी उसले पढेको छ
तर पनि मेरो भाइलाई चिया मनपर्छ

गर्न त बाले पनि धेरै माया गर्नुहुन्छ
साथीजस्तै लाग्छ र नै काका मनपर्छ

बन्दुक बोकाइयो, तर रहर सोधिएन
उसलाई हलो, कोदालो, जुवा मनपर्छ

‘प्रतिबिम्ब’ यो देशको गज्जबको छ
कोसी, कर्णाली, सगरमाथा मनपर्छ !

-कास्की, हाल : काठमाडौँ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.