कविता : साथीहरूसँग…

~भक्तराज न्यौपाने~

गाउँ त एकदम निस्तब्ध छ
रित्तो घरमा भोटेताल्जा झुन्ड्याएर
कहाँ हराए पचासी नाघेका घरमूलीहरू ?

रौनकको रौरव हराएर
एकलास चकमन्नताले छोपेको छ घुप्लुक्क
उत्तानो लडेको छ मतान
खण्डहर विभीषिकापछिको युद्धभूमिजस्तो
पहिरोग्रस्त सन्त्रास
कुतूहलको ढिस्कोमा पुरिएर
हराइरहेका छन् आस्थाका फूलहरू ?

समवयी साथीहरू
नियतिको पखेटा हालेर
पालैपालो उडिरहेछन्
अरब, मलेसिया, कोरिया ।

एक–दुई घर त छ बोकी
जीवनको स्पन्दन धड्किने
मधुरो रोगी ल्याम्पोट पिलपिलाउने ।

सुस्केरामा दुःख बिर्साइजाने बूढा बा
धमिलो आँखाले शून्यतिर हेर्दै टोलाइरहेको
यो भयानक दृश्य
र मसानघाटजस्तो बाढीपहिरोग्रस्त अभिशप्त वर्तमान ।

के लेखुँ साथी सन्निकट आइसकेको दशैँलाई सम्झेर
विगतकाझैं रुमानी कविता यतिबेला ???

-बेखसिम्ले-९ काभे्र

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.