~हिरण्य भोजपुरे~
म मरेँ ।
हुन पनि म मरँे ।
म मरेको मैले मलाई हेरिरहेँ । मैले आफूलाई ठाउँठाउँमा चिमोटिहेरेँ । मलाई दुख्यो, तर मलाई लाग्यो म मरेकै रहेछु ।
मैले चोरी गर्नुपर्ने बेला चोरी गरेँ । मैले डाका डाल्नुपर्ने ठाउँमा डाका डालेँ । बदमासी गर्ने सीपले म नेता बनँे । नेता बनेपछि मैले ‘बिचरा’ हरूलाई सपनामा सुताएँ । मूतको न्यानो दिन थालेँ । बित्नुपर्ने बिचरा बित्यो, सुत्नुपर्ने बिचरा सुत्यो । मुत्नुपर्नेले मुत्न सकेन । उसको किडनीले ‘फेल’ खायो र ऊ बित्यो ।
म भने भएभरको सुखमहलमा सुत्दै थिएँ । मर्नुपर्ने बेला भएछ र म मरँे ।
म मरेपछि थाहा भो, ओहो ! म त नेपालको लकफेलर रहेछु । लकफेयर बन्दाबन्दा धन राख्ने ठाउँ नपाएर मेरो लिभिङ रुममुनि तिलस्मीजस्तो कैयौँ स्क्वायर मिटर आयतनको ‘तहखाना’ को गाडधन बनाएछु र त्यसमा भएभरको धन खुर्मु¥याएर गाढेछु, र म मरेछु ।
मैले त्यो धनको झिलिमली हेरिरहेँ ।
धन्य ईश्वर ! म मेरो अघिल्लो जुनीको धन हेरिरहेको रहेछु । यो जुनीमा भने त्यस्तै… तन्नम टाट !
(स्रोत : नेपालभूमी – २०७४ माघ ९ गते मङ्गलबार प्रकाशित अङ्कबाट)