~भवानी पाण्डे~
बाटो मेरो नाम हो हिँड्छन् थरीथरीका
नबिराई यी आँखा हेर्छन् वरिपरिका
स्वभाव थरीथरीका धरतीका प्राणीका
कोही गर्छन् सफाइ कोही गर्छन् फोहोर
सजीव जति प्राणीका आ–आफ्नै छन् तरिका
संसारका मानवका आ–आफ्नै छन् स्वभाव
संसारको कुनै ठाउँ सजिलै पुग्नलाई
मरै साथ चाहिन्छ अघिअघि बढ्नलाई
बाटो भनी कसैले नगर्नु है हेला
हेला गरी फोहोर गरे परिन्छ है फेला ।
(स्रोत : नेपालभूमी – २०७४ माघ ९ गते मङ्गलबार प्रकाशित अङ्कबाट)