~छविरमण सिलवाल~
नयाँ सडकको
पिढीमा बसेर
नयाँ नेपालको मेरो
शरीर निहाले
तिल चामल फूलेका मेरा
कपालमा कालो दलेर
मैले बुढ्यौली कम गरेको थिए
नयाँ सडकमा
बसेर मैले आफैले आफैलाई निहाले
घडि हेरें दिउँसोको
एक बजेको रहेछ
घडि कहाँ बनेको रहेछ
हेरे मेड इन जापान
वा ! जापानिज घडि
म दङ्ग परें
जुत्ता निहालें
मेड इन हङकङ
एवं क्रममा मैले
आफ्नो कौतुहल मेटाउँन
मैले लगाएका सवै चिजहरु
क्रमशः निहाले
सर्ट पाइन्ट गन्जि कट्टु आदी आदी
कोही भारतमा बनेका थिए कोही चिनमा
हातमा बोकेको ब्याग निहाले
त्यो पनि चिनमा बनेको रहेछ
म नेपाली भएकोमा गर्व छ मलाई
र मेरो नेपालको नयाँ सडक
मलाई निकै प्यारो लाग्छ
म दिनहुँ यहि वस्छु
र
मैले शरिरमा लगाएका लुगाहरु निहाल्छु
म र मेरो लुगा भन्दा बाहेक
मसंग एउटा चिनो छ नेपालको
सवै अड्डा अदालतमा दिनहुँ काम लाग्ने
यो चिनो मेरो खल्तिमा सधै हुन्छ
हुनतः
मेरो गौरव भनेकै यहि हो
एउटा नागरिकता र अर्को सगरमाथा
सगरमाथा नाङ्गै रहेपिन
हामीलाई स्वाभिमान सिकाएर नाङ्गीएको छ
तर म नाङ्गीन सक्तिन त्यसरी
किनकी मेरो इज्जत जान्छ अरे !
मैले मेरो इज्जत जोगाउन
विदेशी खोल ओडिरहेको छु
सगरमाथाले भने मलाई बारम्बार
नाङ्गीने सल्लाह दिन्छ
सपना होस या विपना
आफ्नो स्वाभिमानको खातिर
म अब साँच्चिकै नाङ्गीने नै छु ।
त्यहि नयाँ सडकको िपंढिमा
म आफ्नो निर्वस्त शरिर लिएर
बस्ने छु
म बौलाएको ठान्नेहरु
मेरो वरिपरि झ्यामिरहेका
हुने छन् ।
काठमाडौं, नेपाल