गजल : कतै बढी हुन्छ

~मौसमजी भण्डारी~

कतै कम पिडा कतै बढी हुन्छ
आफ्नो भने नुनिलो जिन्दगी हुन्छ

दुखमा कसैले साथ् दिदैनन्
हेर्नुस मर्दा मलामी पछी हुन्छ

उज्यालो निभ्यायर निमेषभर
यसरि जन्मोत्सव कसरि हुन्छ

रिति र सस्कृति मान्दैन जसले
समाजमा उही मान्छे धर्मी हुन्छ

दुलाहा पछी हिडाइन्छ सुखमा
बिहेमा जन्तीको हुल अघी हुन्छ

पसलमा अचेल झुट बेचिन्छ
साहुजीको मुस्कान नक्कली हुन्छ

मौसमजी भण्डारी
बिरेन्द्रनगर-१० सुर्खेत

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.