~रमेश भट्टराई ‘सहृदयी’~
बस्ने गाउँमा बाआमा खेत अर्कैको बरा ! कुतै तिर्न गाह्रो
छिरेँ सहर, दुःख सम्झी त्यो घर यो मन वह चिर्न गाह्रो
थोत्रो घर छ, उता कटेरोका चित्रा फाटे, बला मक्काए रे
न छोडूँ सहर न तोडूँ रहर दोसाँधे नाम भिर्न गाह्रो
लाग्यो बर्खा छानो चुहिन्छ रे, धुलियाले जुइना खायो सुन्छु
कति पोख्ने पसिना कहाँ माग्ने काम सानो नाम गिर्न गाह्रो
फुर्सद हुन्न घरमा तर धौ धौ खान लाउनैलाई दैव !
मकै च्याँख्लो दिक्क लाग्दो त्यै पनि बाआमालाई त छिर्न गाह्रो
बटुलियो प्रमाणपत्र तुन्दै स्वप्ना तर न पाटी न आस्था
गर्दै कर्म, मेट्दै सर्म बाँच्नु’थ्यो– पाटी पुच्छर भै हिँड्न गाह्रो ।
– रमेश भट्टराई सहृदयी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )