कविता : इच्छा

~लिला बल्लभ नेपाल~

इच्छा फुल्छ मनमा गुलाव फुले झैं जुन्तारा छुने गरी
रम्छन शब्दहरु मनैमन भरी एकान्त हाँस्ने गरी ।।

इच्छा छ मनमा फुलै फुले सरी हजुरको हाँसो सरी
आज यो घडिमा हँसाउँन सकु गुराँश रमे झैं गरी ।।

हजुरको विहानी फुलैफुल बनी फुल्न सकौं मन्भरी
इच्छा ज्योती मनमा चमक् चमक् गरी आकास खुले सरी ।।

क्षितीज् चुम्न सकुँ अधुरो यो सपना पुरै पो हुने गरी
मेरो यो सपना फुलाउँन सकुँ हजुरको मनै भरी ।।

शान्ति छाउँन सकोस् सधै मन्भरी विन्ती नमस्कार गरी
उर्लदो समय हँसाउँन सकुँ मन्मा सधै बास गरी ।।

इन्द्रै शान्त बनुन् बसुन मनभरी रहर फुले सरी
इच्छा पूर्ण बनोस सबै जनको इरादा एउटै गरी ।।

ईश्वर दायिना होउन् हजुरको विहानीको मुना सरी
मायाको मुहार हँसाउन सकु त्रिदेव हाँसे झैं गरी ।।

ईच्छाको गति यहाँ अझ माथीमाथी सूर्यको साथ सरी
विन्ति सुन्नुहवस् हे मेरा भगवान हात मा हात गरी ।।

कवि को कविता टुसाउन यहाँ सुन्दिनेको ताली सरी
शब्द शब्द मेरो एक एक गरी राख्दिनुस् हृदय भरी ।।

लिला बल्लभ नेपाल
महारानी झोडा-५, झापा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.