रजिन पनेरुका चार मुक्तकहरु

~रजिन पनेरु~

रोजगार विकासको कुरा हुनुपर्छ
शहिदको इच्छा सबै पूरा हुनुपर्छ
यस्तो होस् मेरो देश प्रत्येक कुरामा
सामन्तीको घाँटी रेट्ने छुरा हुनुपर्छ । १

साँचो कुरा बोल्न खोज्यो ऊ झुट हुन्छ
गल्ति गर्नेकै सम्बन्ध अटुट हुन्छ
कस्तो जमाना आयो यार जस्ले बांगो गर्छ
उसैलाई जताततै छुट हुन्छ । । २

कसैलाई मन परायो बिरानो संसारमा
भन्नलाई डरायो बिरानो संसारमा
माया गर्छु भन्दै थियो कठै विचरा
त्यहि मन आज हरायो बिरानो संसारमा । ।३

खै कुन भावमा बाँचेको छ ?
देखिन्छ अभाव नै अभावमा बाँचेको छ
कसैले आगो हुलेर, फरार भएपछि दिलमा
पल–पल ऊ सराबमा बाँचेको छ ।। ४

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.