~डा. ईश्वरीप्रसाद गैरे~
नेपाली साहित्य जगत्मा एक कवि, एक खण्डकाव्यकार, एक गीतकार, एक गीति नाटककार र एक बालकवि तथा एक निबन्धकार हुँदै एक कथाकारजस्ता विधामा कलम चलाउने बहुमुखी साहित्यिक व्यक्तित्वका धनी प्रतिभा माधवप्रसाद घिमिरेले यी विभिन्न विधामा कलम चलाएका छन् । साहित्यका बहुआयामिक बहुविद् व्यक्तित्वमा सक्रियतासाथ संलग्न भएका घिमिरे मूल रूपमा एक कवि र एक खण्डकाव्यकारका रूपमा नेपाली कविताको इतिहासमा उन्नत एवं सर्वाेन्नत छन् भने यही विधामा घिमिरे अत्युन्नत सिर्जन कलाका कालीगढ प्रतिभा बन्न सफल भएको देख्न पाइन्छ । यस किसिमको घिमिरेको सिर्जना सन्दर्भलाई यहाँ निम्न रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ :
जन्म र जीवनीवृत्त
सोमवार ७ असोज १९७६ का दिन गौरीशंकर उपाध्याय र द्रौपदीदेवीको पहिलो पुत्रका रूपमा गण्डकी अञ्चल, लमजुङ जिल्लाको पुस्तुन गाउँमा माधवप्रसाद घिमिरेको जन्म भएको हो । माधवप्रसाद घिमिरे उनको वास्तविक नाम भए पनि साहित्यिक जगत्मा यिनी माधव घिमिरेका रूपमा सुविख्यात छन् । सुरुमा पिताभन्दा पनि हजुरबुबाको प्रभुत्वमा रहेका बालक घिमिरेले जुन रूपमा पारिवारिक माया ममता पाउनुपर्ने हो त्यो पाउन नसकेको देखिन्छ । खासै शिक्षित नभएको परिवार भए पनि सामान्य संस्कृतको पठनपाठन गर्ने र ‘उपदेश मञ्जरी’जस्ता नैतिक विषयका कविता पढ्ने सन्दर्भमा समेत केही मात्रामा प्रभाव प्रेरणा छाडेको देख्न सकिन्छ । ग्रामीण जनजीवनको छाप, प्रकृतिको सुन्दर चित्रण एवं लोकगीत र लोकगाथा गायनले समेत यिनलाई आकर्षित अनि प्रभावित तुल्याएको पाइन्छ । त्यस्तै खेती किसानी गर्न घरभन्दा टाढा जगरा भन्ने ठाउँको गोठमा पितासँग बस्ने क्रममा उनका पिताबाट श्लोक हाल्ने र बालुन तथा लोकगीत सुन्ने परिवेशले समेत यिनलाई प्रेरित एवं उत्प्रेरित तुल्याएको पाइन्छ । यसरी लोक लय र लोक संगीतप्रति मोहित भएका घिमिरेले शास्त्रीय संगीतप्रतिसमेत निकै रुचि राख्ने गरेको देख्न सकिन्छ ।
१९८१ सालमा ६ वर्षको उमेरदेखि घरमै शिक्षा आरम्भ गरेका बालक घिमिरे त्यसबेला दुर्गाकवच र चण्डी सप्तसती कण्ठस्थ गर्न पुगेका थिए । यसपछि ज्योतिष सिक्न थालेका थिए । गणित र फलित ज्योतिष पढ्दै गरेका उनले खुदीवेनीको संस्कृत पाठशालामा बद्रीनाथ सुवेदीबाट आÏनो पढाइ अगाडि बढाएको देखिन्छ । यस्तै १९९३ सालमा रानीपोखरी संस्कृत पाठशाला काठमाडौंबाट प्रथमा परीक्षा प्रथम श्रेणीमा र बनारसको क्विन्स कलेजबाट १९९७ मा मध्यमा परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गर्दै यसै कलेजबाट २००१ सालमा सर्वदर्शन विषयमा शास्त्री परीक्षा उत्तीर्ण गरेको देखिन्छ । यतिबेलै यिनले गुरुका रूपमा व्याकरण र साहित्यका मर्मज्ञ सोमनाथ सिग्द्यालको सान्निध्यसमेत पाएको देखिन्छ । यसरी घिमिरेले औपचारिक अध्ययनका रूपमा संस्कृत माध्यमबाट शास्त्री अर्थात् स्नातक तहसम्म मात्रै अध्ययन गरेको देखिन्छ भने हालसम्मको विशाल एवं व्यापक बहुमुखी र उत्कृष्ट साहित्यिक प्रतिभा हुनुमा यिनलाई स्वाध्ययनले नै बलियो तुल्याएको तथ्य सहजै आँकलन गर्न सकिन्छ ।
विवाह र दाम्पत्य जीवनका रूपमा घिमिरेले प्रथमतः १९९० सालमा गौरी पोखरेलसँग र २००५ सालमा महाकाली अधिकारीसँग गरी दुईवटा विवाह गरेको देख्न पाइन्छ । यिनै क्रममा गौरीसँग ज्योति, कान्ति दुईवटी छोरी तथा महाकालीबाट चार छोरीहरू मञ्जु, उषा, किरण र ज्योति तथा दुई छोराहरू इन्दीवर र राजीव गरी आठवटा सन्तानका पिता भएको देख्न पाइन्छ । पारिवारिक जीवनयापनका क्रममा सन्तानको राम्रो स्याहारसुसार गर्दै अध्ययनमा माथिल्लो तहमा पु¥याउँदै आÏनो खुट्टामा उभिएर आत्मनिर्भर सन्तानका पिताका रूपमा समेत घिमिरे सबल, सफल र समर्थ पिता बन्न पुगेको देख्न सकिन्छ ।
साहित्यिक लेखनगत प्रेरणा र प्रभावका रूपमा माधव घिमिरे प्रारम्भमा लेखनाथ पौड्याल, तीर्थराज पाण्डेका कविताबाट प्रभावित भई लेखनाथबाट कविता लेख्न र तीर्थराजबाट ठेट नेपालीपन प्रयोग गर्ने कुरामा प्रभावित भएको बताउँछन् । बाल्यकालमा यिनले ‘सुनका घोडाको पुच्छर काट्ने बोक्सीको कार्यकलाप, मधुमालतीको प्रेम, सुनकेशरी मैयाँका सुनौला कपाल कथाहरूलाई विशेष चाख दिने गरेका पाइन्छन् भने पुस्तुनका छहराहरूको गर्जन, सुन्दर हिमाली दृश्य यिनबाट समेत औधि आकर्षित प्रभावित एवं प्रेरित रहेका पाइन्छन् ।
लेखन पठनदेखि साहित्यिक यात्राका क्रममा घिमिरे भारतका महात्मा गान्धीबाट वैचारिक रूपमा अहिंसावादी मानवतावादी विचारबाट प्रेरित भएका पाइन्छन् भने संस्कृतका कालिदास, बंगालीका विशिष्ट कवि रवीन्द्रनाथ ठाकुरलाई आदर्शका रूपमा लिने गरेको पाइन्छ ।
साहित्यिक रूपमा माधव घिमिरेले प्रकृति, दर्शन, विज्ञान, लोकजीवन आदि सहायकका रूपमा आई जीवनसँग अटुट सम्बन्ध भएको साहित्य नै असल साहित्य हो भन्दछन् भने कविता कृतिलाई परिष्कार गर्ने सन्दर्भमा उनी भन्दछन्– म त्यतिबेलासम्म संशोधन गर्छु जतिबेलासम्म मैले भन्न खोजेको भित्री भावना, यसमा पार्न सक्दिनँ । कवितात्मक शैली शिल्पको प्रयोगमा लेखनाथ पौड्याल र स्वच्छन्दतावादी भाव प्रवाहका लक्ष्मीप्रसाद देवकोटाबाट प्रभावित घिमिरे भाव प्रवाह र शैली शिल्पका हालसम्मका लेखनाथको अत्युन्नत कालीगढी र देवकोटाको भाव तुमुल सामुद्रिक सिर्जन प्रवाह यी दुवै तथ्यलाई सुन्दर रूपमा संयोजन गर्दै अत्युन्नत सिर्जन कलाका अत्युन्नत कवि कालीगढी प्रयोक्ताका कवि तथा खण्डकाव्यकार गीति नाटक गीतिकार बन्न पुगेको देखिन्छ ।
व्यक्तित्व र विविध व्यक्तित्व वृत्त
साहित्यिक कृतिलेखनका विविध व्यक्तित्वगत आयाम प्रस्तुत गर्ने माधवप्रसाद घिमिरे साहित्यकारका रूपमा कवि, खण्डकाव्यकार, गीतकार, गीतिनाटककार, बालकवि, निबन्धकार र कथाकार एवं समालोचक र अनुवादकका रूपमा सुविख्यात भएका पाइन्छन् भने यिनका यी व्यक्तित्व र विविध व्यक्तित्व वृत्तलाई यहाँ यसरी हेर्न सकिन्छ ः
घिमिरे एक कविका रूपमा
घिमिरेले कृतिगत रूपमा प्रथमतः प्रथम कविता ‘वैराग्य पुष्प’ लेखे तापनि यिनको प्रकाशित प्रथम कविता भने गोरखापत्रको १९९२ साल भाद्र २४ गते शुक्रवारका दिन ‘ज्ञान पुष्प’ प्रकाशित भएको देखिन्छ । पुस्तकाकारका रूपमा माधव घिमिरेका ‘नव मञ्जरी’ (१९९४) र चैत–वैशाख (२०६०) गरी दुईवटा कवितासंग्रह प्रकाशित छन् । यी संग्रहका कवितामा घिमिरेको मानवतावाद, राष्ट्रवादको विचारसूत्र वा जीवनदृष्टि प्रकट भएका छन् भने प्रकृति चेतनाको प्रखर कविता दुलही कञ्चनजंघा रहेको छ । स्वचछन्दतावादी भावधाराका भावप्रवाही यी कवितामा शैली शिल्पको समेत सहज छटा यिनमा मुखरित भएको पाइन्छ ।
कविता लेखनमा लेखनाथको परिष्कारवादी शैली शिल्प देवकोटाका स्वच्छन्दतावादी भाव प्रवाह गरी यी दुवैलाई प्रस्तुत गर्न सफल एवं सर्वाेन्नत कविताका बारेमा घिमिरे यी सन्दर्भलाई प्रस्ट पार्दै भन्छन्– लेखनाथ वसन्त कोकिल हुन् र देवकोटा कुहिरोभित्रै अक्कासिँदै गाउने स्काइलार्क हुन् भने मचाहिँ एकान्त, शान्त पर्वत प्रान्तमा राति लुकेर गाउने गोलसिमल हुँ । यिनै परम्परामा हेर्दा घिमिरे वर्णमात्रिक छन्द प्रयोगका दृष्टिले लेखनाथका उत्तराधिकारी र वार्णिक लोक छन्द प्रयोगका दृष्टिले देवकोटाका उत्तराधिकारी रहेका पाइन्छन् । समग्रमा शिल्प पक्षमा लेखनाथकै अत्युत्कर्ष प्रयोग र भाव प्रवाहमा देवकोटाकै अत्युत्कर्ष वर्साउने घिमिरे नेपाली कविता जगत्का अत्युन्नत सृजन कलाका सफल कालीगढ बन्न पुगेको देखिन्छ ।
साहित्य / समालोचना
घिमिरे एक खण्डकाव्यकारका रूपमा
नेपाली खण्डकाव्य जगत्मा घिमिरे (१) पापिनी आमा (२) गौरी (३) राजेश्वरी (४) राष्ट्र निर्माता (५) धर्ती माता (६) ईन्द्रकुमारी (७) बोराको पर्दा र (८) गौंथली र गजधम्मे गरी आठवटा खण्डकाव्य लेख्ने अति उत्कृष्ट खण्डकाव्यकार बन्न पुगेको देख्न पाइन्छ ।
यी खण्डकाव्यहरूमध्ये ‘पापिनी आमा’को कथावस्तु एउटी बाल विधवा जीवनको मार्मिक घटनामा आधारित छ । कवितात्मक रूपमा एक उत्कृष्ट खण्डकाव्य बनेको छ । अर्काे ‘गौरी’ (२००५) खण्डकाव्य कवि घिमिरेको जीवनको एक दुःखद् घटनामा आधारित वैयक्तिक कथा कुशलतालाई शोक भावमा प्रस्तुत गरिएको नेपाली शोक भावमूलक खण्डकाव्यमा सर्वाेत्कृष्ट शोककाव्य बनेको छ । यस्तै अर्काे ‘राजेश्वरी’ ऐतिहासिक घटनामा आधारित एक ऐतिहासिक उत्कृष्ट दुःखान्त खण्डकाव्य बन्न पुगेको छ । चौथो ‘राष्ट्रनिर्माता’ खण्डकाव्य नेपाल एकीकरणको ऐतिहासिक घटनामा आधारित संवादात्मक शैलीमा प्रस्तुत राष्ट्रवादी भावनाको उत्कृष्ट खण्डकाव्यात्मक प्रस्तुति प्रस्तुत भएको खण्डकाव्य बनेको छ । पाँचांै खण्डकाव्य ‘धर्ती माता’ वैदिक पृथ्वीसूक्तको भावानुवाद गरिएको मौलिक कृति बनेको छ । उत्साह ओज र उमंगका कवितात्मक प्रस्तुति बनेको यो काव्य एक मध्यमस्तरीय रचना बनेको छ । यस्तै ‘ईन्द्रकुमारी’ ऐतिहासिक विषयवस्तुमा आधारित छ भने ‘बोराको पर्दा’मा बोरा ओढेर सडकमा निदाउन विवश सडक बालकहरूको कथाको काव्यात्मक अभिव्यक्ति बनेको छ । गौंथली र गजधम्मेमा लाटी गजधम्मे र लंगडी गौंथलीका बीचको प्रेमाकर्षणलाई कथावस्तु बनाइएको खण्डकाव्य रहेको छ ।
यसरी संख्यात्मक रूपमा लक्ष्मीप्रसाद देवकोटाभन्दा पछि र अन्य खण्डकाव्यकारभन्दा बहुप्रयोगी खण्डकाव्यकार घिमिरे कथावस्तु, पात्रविधान, परिवेश भाषाशैली प्रयोगमा उत्तरवर्ती खण्डकाव्यकारभन्दा उत्कृष्ट र पूर्वीवर्ती खण्डकाव्यकारहरूमा लेखनाथभन्दा सबल र देवकोटाभन्दा सहज, संयमित उत्कृष्ट खण्डकाव्य बन्न पुगेका छन् भने समग्रमा खण्डकाव्य यात्रामा माधव घिमिरे एक अत्युन्नत सिर्जन कलाका उत्कृष्ट खण्डकाव्यकारका कालीगढी प्रस्तुत गर्न सक्षम भएका पाइन्छन् ।
घिमिरे एक गीतकारका रूपमा
नेपाली गीतका क्षेत्रमा लक्ष्मीप्रसाद देवकोटा, गोकुल जोशी, धर्मराज थापा, केवलपुरे किसानको लोकलयात्मक गीति कविता लेखन गरिरहेकै समयमा देखापरेका गीतकार घिमिरे २००२ सालदेखि गीत लेखन गर्न थालेका पाइन्छन् । गाउँछ गीत नेपाली, लाग्दछ मलाई रमाइलो, परन्तु एउटै मूर्तिमा विराटजस्ता उत्कृष्ट गीत लेखन गर्ने घिमिरेका नयाँ नेपाल (२०१३) । किन्नर–किन्नरी (२०३३) गीतसंग्रह प्रकाशित भएका छन् । यिनका साथै नेपालै नरहे, क्षमा गर्न सक्दिनँ म, आज र राति के देखें सपना, कहिले भेट होला है दाजैजस्ता कालजयी गीत लेख्ने घिमिरे एक उत्कृष्ट गीतकार भएको देख्न सकिन्छ ।
घिमिरे एक गीति नाटककारका रूपमा
नेपाली गीति नाटककार क्षेत्रमा घिमिरे सातवटा गीति नाटक लेखन गरेर संख्यात्मक तथा गुणात्मक दुवै दृष्टिमा उत्कृष्ट गीतिनाट्य कृति लेख्ने गीति नाटककार बनेका छन् र यस रूपमा यिनका (१) शकुन्तला, (२) मालती मंगले (४) विषकन्या (४) अश्वत्थामा (५) हिमालपारि हिमालवारि (६) देउकी (७) बालकुमारी रहेका छन् ।
यसरी सामाजिक, ऐतिहासिक र पौराणिक कथावस्तु प्रयोग गरी लेखिएका घिमिरेका गीति नाटकमा समसामयिक परिस्थितिको कलात्मक प्रस्तुति दिइएको छ । पौराणिक र ऐतिहासिक पात्रलाई समेत युगसापेक्ष तुल्याएर संयोजन गरिएको छ । समग्रमा गीति नाटकका क्षेत्रमा घिमिरे एक उत्कृष्ट गीति नाटककार भएको देख्न पाइन्छ ।
घिमिरे एक बाल कविका रूपमा
घिमिरेका बालकविता कृतिका रूपमा क्रमशः (१) घामपानी (२०१०) (२) बाललहरी (२०२६) (३) राहुल यशोधरा (२०३५) (४) सुनपंखी चरी (२०३५) रहेका छन् । यी कृतिमध्ये राहुल यशोधरा बालकाव्य हो जसमा बुद्धका छोरा राहुल र पत्नी यशोधराको जीवनकाललाई काव्यात्मक रूप दिइएको छ भने घामपानीमा २२ बाल लहरीमा २४ र सुनपंखी चरीमा ३० गरी जम्मा ७६ वटा बालकविताहरू रहेका छन् र यीबाहेक पत्रपत्रिकामा रहेका पाइन्छन् । समग्रमा गुणात्मक परिमाणात्मक दुवै दृष्टिमा यिनका बालकविता उत्कृष्ट छन् भने घिमिरे एक उत्कृष्ट बाल कविका रूपमा सर्वाधिक चर्चित बनेका छन् ।
घिमिरे एक निबन्धकारका रूपमा
घिमिरे केही निबन्धलेखनमार्फत् एक निबन्धकारका रूपमा समेत परिचित छन् । विशुद्ध सिर्जनात्मक दुईवटा निबन्ध रहे तापनि यिनको निबन्धात्मक लेखको संग्रह ‘आÏनै बासुरी आÏनै गीत’ (२०३०) अर्काे निबन्धात्मक कृति ‘चारु चर्चा’ (२०५८) रहेको छ । समग्रमा निबन्धकार समालोचकका रूपमा भूमिका लेखन र निबन्धात्मक समीक्षा लेखन गर्ने घिमिरे एक निबन्धकारका रूपमा समेत चर्चित र स्थापित बन्न पुगेका पाइन्छन् ।
घिमिरे एक कथाकारका रूपमा
कथाकारका रूपमा माधव घिमिरेलाई स्थापित एवं चर्चित तुल्याउने उनको एक मात्र कथासंग्रह ‘मन चिन्ते मुरली’ (२०५७) रहेको छ । यसमा ६ वटा कथाहरू संग्रहित छन् । धेरैजसो कथा सामामाजिक यथार्थवादी छन् भने एउटा कथा स्वैरकल्पनामा आधारित रहेको छ । आफ्ना यी कथामा घिमिरे समाजका उपल्लो वर्गबाट हेपिएका निम्न तथा मध्यम वर्गका मानिएका कारुणिक अवस्थाको चित्रण गर्ने एक मानवतावादी कथाकार भएका छन् र यस रूपमा घिमिरे नेपाली कथा क्षेत्रमा उत्कृष्ट स्थान कायम गर्छन् ।
यसरी निष्कर्षमा भन्नुपर्दा साहित्यका विविध फाँटमा घिमिरेको व्यक्तित्व विविध वृत्तमा संयोजित एवं निर्मित बन्न पुगेको देख्न पाइन्छ । नेपाली कविता साहित्यको इतिहासमा माधव घिमिरेको कवितात्मक योगदानलाई तुलनात्मक रूपमा हेर्दा परिष्कारवादी शिल्प शैलीको उत्कृष्ट कालीगढी प्रयोगमा माधवप्रसाद घिमिरे लेखनाथलाई आदर्श मान्दामान्दै पनि लेखनाथभन्दा अगाडि अग्रगति प्रदान गर्न सक्षम छन् भने स्वच्छन्दतावादी भाव प्रवाह र कालो नीलो घनघटाको सामुद्रिक तुफानी यात्रामा अग्रणी देवकोटाको मुनामदनको परिष्कारवादी चेत र प्रमिथसको परिष्कारधर्मी भाव एवं संयमताको सर्वाेच्च चेतको परिणति संकेतलाई स्वच्छन्दतावादी भावमय परिष्कार प्रवाहमा देवकोटाको अभावपूर्ति माधव घिमिरेले आÏना कविता र खण्डकाव्यमार्फत् पूर्ण गर्न
पुगेको देखिन्छ ।
समग्रमा वर्तमानमा सय वर्षे यो मानव जीवनमा दीर्घजीवी रहिरहेका माधव घिमिरे र उनका कविता नेपाली कविता जगत्कै अग्रणी कालजयी कविता कृति बन्न पुगेको तथ्यमा एकमत हुन सकिन्छ ।
छोरीहरुको नाम गलत लेखिएको छ