गजल : मात लाग्यो मलाई !

~जीवराज बुढाथोकी~

ती नजरको नशाले, मात लाग्यो मलाई !
अनाहकमा किन यो, वात लाग्यो मलाई !!

छचल्किएर जवानी, खेरै जान लाग्दा त्यो,
दिनदहाडै किन हो, रात लाग्यो मलाई !!

नागबेली चालमा, तिमी लस्किने बेला त्यो,
मुटुमै मोहनीको, वज्रपात लाग्यो मलाई !!

हृदयसंग हृदय नै, साटुँ भन्थें म त्यो,
धड्कनमै अचानक, घात लाग्यो मलाई !!

उड्दा आँचल पवनमा, बगैंचावीच त्यो,
माधुर्य सन्देशकै, सौगात लाग्यो मलाई !!

जीवराज बुढाथोकी
खलंगा ९, सल्यान
हालः घट्टेकुलो, काठमाडौं

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.