~शशीकला थापा सुब्बा~
एक्लै छु म यहाँ झरी परेको रातमा
बितेका दिनहरुको याद मात्र छन् साथमा
छमछम बर्सिरहेछ पानी भुइमा छर्पस्ट
मेरा वरिपरि छन् घोर अन्धकार निस्पस्ट
शून्यताले लेख्दैछ आफ्नै काहानी पातमा
बितेका दिनहरुको याद मात्र छन् साथमा
कालो रातलाई चिरेर आउछकी उज्यालो फर्केर
एउटा झिनो आशामा बाचेकै छु तड्पेर
पर्खिरहेछु हे बिहान् राखेर मुटु हातमा
बितेका दिनहरुको याद मात्र छन् साथमा
हाल : लण्डन
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)