कविता : स्वायत्त विचारहरु

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

बदलिंदो विचारलाई
सलाम अनि शुभकामनाको विकल्प छैन
यतिबेला शोषकहरु
मुर्छा अनि वेहोस हुंदै विउंझिन वाध्य छन्
वचेखुचेका अभिमानलाई जुटाएर वसेका वात्साहहरु
अब उप्रान्त शोषण गर्ने अवसर गुमाइन्छ भन्ने त्रासमा छन् ।
विचारहरु वदलिए
आप्mनो निमित्त आफैले सोंच्ने
अनि आप्mनो लागि आफैले गर्ने बेला छ अहिले ।
आफनो मालिक आफै वन्ने
आफनो शासक आफै वन्ने
बदलिंदो विचारहरुलाई
विखण्डनको विज हो भनेर दाग लगाइंदैछ
पासोमा पार्न जाल विच्छाउने काम भएको छ
सिंगो समाजलाई
दासत्वको चक्रज्यूहमा धकेलिंदैछ ।
आफुहरु एकतृत भएर उठौं, जागौं
आफनै लागि काम गर्न आफै सक्षम हुऔं
कसैको नोकर नहुऔं भन्नु
पृथकतावाद होइन
बदलिंदो विचार अझ शाक्तिशाली भएर उठ्न पर्छ
अल्मलाउन खोजिए पनि पाहिलाहरु अधि वढिरहनु पर्छ ।
शासक भनौदाहरुको सामान्ती प्रवृत्तिले
पहाड जत्ति पिल्सिएको छ
त्यत्ति नै हिमाल र तराईलाई नांगो पारेको छ
भोक, लाज, अव्यवस्थाको आँधिवेहरी सहि नसक्नुको छ
अब त्यसलाई स्वायत्त विचारहरुले रोक्नुछ
अनि खतम गर्नुछ ।

(२८ जुलाई २०१०, भर्जिनिया वाटर)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.