कविता : तलाउको माझमा

~मञ्जुल~manjul

तलाउको माझमा फुलेको सेतो कमलको फूल जस्तो
गतिशील भई कलकल बग्ने नदीमाथि उठेको छाल जस्तो
छमछम गर्दै झरिरहेको अग्लो अग्लो झरना जस्तो
सेतो एकदम सेतो अस्पतालका वार्डहरूमा
फुलेको सेतो ईन्द्रकमल फूल

लेकाली पाखामा मुस्कुराउँदै फुलेको सेतो चिमाल जस्तो
घामका किरणहरू बोकेर टल्ल टल्केको हिमाल जस्तो
माथि माथि आकाशैको बादलको चाँदीको घेरा जस्तो
फुलेको सेतो ईन्द्रकमल फूल

अन्धकारलाई चिर्दै हिँड्ने चहकिलो प्रकाश जस्तो
जाडो सर्दीसँग जुझ्ने न्यानो न्यानो घाम जस्तो
आमाहरूको ओठहरूमा फुल्ने ममतापूर्ण मुस्कान जस्तो
फुलेको सेतो ईन्द्रकमल फूल

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.