~ऋतिक यादव~
आशालाई चाही निराशा बनाएको यो मेरो जीवन
कतै त्यो ममताको सागरमा लुप्त हुन पाउँछ कि ?
मायारुपी संसारबाट नै हराएको यो मेरो जीवन
कतै जीवनमा नौलो मोड र सभ्यता हेर्न पाउँछ कि?
पैसापैसा जुटाउन असक्षम सावित यो मेरो जीवन
कतै पैसा बिना पनि सास फेर्ने अधिकार पाउँछ कि?
कल्पना वावजुद पनि ईच्छा राखेको यो मेरो जीवन
कतै चाहिँ साहुको हेपाइबाट निर्वृत्त हुन पाउँछ कि?
विकत र आघात नै घोषित भइसकेको मेरो जीवन
कतै पनि भविष्यमा प्राज्ञ भई अघि बढ्न पाउँछ कि?
साहारा वेगर विमुख र अपाङ्ग भई सकेको यो जीवन
कतै मेरो अथक मानसिकताले नै विजय पाउँछ कि ?
विराजमान मुलुकको कारण अस्तित्व हराएको जीवन
कतै कुण्ठा र अभिष्ट जीवनले काचुली फेर्न पाउँछ कि ?
वाल मजदुरीको निवारणको प्रतिक्षामा नै यो मेरो जीवन
कतै तपाईंको सहयोग हाम्रो सहयात्री बन्न पाउँछ कि?
– ऋतिक यादव
सिम्रौनगढ-१०,बारा
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )