कविता : जुनेली रातमा

~मायामितु न्यौपाने~

जुनेली रातमा
फेवातालमा
डुङ्गा ख्याउँदै
एउटा माझी
आफ्नो जिन्दगीको अर्थ नाप्न खोज्छ
छाया हेर्दै तरङ्गित पानीमा ।

भुइँमा खस्न लागेको उज्यालो
बिहानीको प्रथम प्रहरमा
आफ्ना दु:खद् पलहरू उनेर गीतमा
ऊ गाउँछ
आफ्ना प्रेयसीका यादहरू
जो हराएकी थिई कुनै दिन
जुनेली रातमा फेवाको गर्भमा ।

जुनको किरण पर्दा अनुहारमा
मुस्कुराउने नीलो फूल त हो
उसकी प्रेयसी
जसको मुस्कानमा उदाएको जुन देखेर
फेवाको छातीमा
बाँच्न खोज्छ ऊ
अर्को पूरि्णमासम्म
उसकै यादमा ।

– वीरगञ्ज–पर्सा

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.