लघुकथा : आक्वारियम

~कात्यायन~dhanwantari-mishra-katyayan

– थाहा थिएन कुन दिन कसले अति मोहक आक्वारियम उसलाई उपहार दिएको थियो; लगेर उसले बैठक कोठाको सुन्दरतामा थप आकर्षण बनायो |

– उसलाई माछाहरू यति बिघ्न मन पर्थ्यो कि बिभिन्न प्रकारका भुराहरू पाल्न शुरु गर्यो |

– भुलक्कड थियो कि केही दिनपश्चात् आहारा हाल्न बिर्सियो |

– स्वाभाविकै थियो; अरु दिन पछि हेर्दा भुराहरू छटपटाई रहेका थिए | पानी पनि अति नै फोहोर भैसकेको थियो |

– अलिकति कहिं-कतै च्वास्स घोचे झैं महसूस गर्यो आफूहरूको समानान्तर परिवेश सम्झेर | र लगेर भुराहरू खोलामा बगायो |

– र, मनैमन टुंडिखेल जत्रै विशाल ‘माछाहरू पाल्ने कृतिम पोखरी’ हावा ,पानी र दानारहित बनायो र सोच्यो – यदि कुनै दिन कहालीलाग्दा अजंगका माछाहरूलाई यसभित्र यसै गरी केही समय राख्न पाए कसो हुन्थ्यो होला |

– सुनिन्छ आक्वारियमको शिलान्यास पनि गरिसकेकोछ र मत्स्य-नामावलीहरू पनि |

चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.