कविता : सखुवाको दाउरा

~बिमल गुरुङ~bimal-gurung

अगेनाभित्र
बल्न थालेका छन्
बल्ल फेरि
रण्डा लगाइदा
निस्केका
काठका बोक्राहरु ।

सलाई कोरे
भोकाहरुले

आकाश हेरिरहेछ
चिम्नीबाट निस्केका धुँवा

बल्ल
चोकाको मेरुदण्डमा
आशा
टुकुटुकु हिंड्न थालेको छ ।

चुल्होभित्र
सखुवाका दाउराहरु चिसैछन्
तर
म दृढ छु,
काठका बोक्राहरुले छुनेछ
सखुवाका चिसा दाउराहरुलाई ।

(०४६/११/८)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.