~प्रकाश सुनुवार ‘निराकार’~
वाहिर उज्यालो भैकनपनि भित्र अन्धकार छ
अन्धकार दीर्घकालिन होइन
क्षणिक हो भन्ने पनि थाहा छ
त्यहि अन्धकारमा
भौतिक रुपमा अपहरणमा परेको छुं ।
वन्दी वनाइएको छु ।
तर मेरा विचारहरु आजाद छन् ।
केहि नकारात्मक सम्वाद सुन्दैछु
केहि वितृष्णा सुन्दैछु
वन्द कालकोठरी भित्र वन्दुकले ताकिइएको छुं
अहिले आँखाको कालो पट्टी खोलिएको छ
र अन्धकारको महसुस गर्न सकिरहेको छु
पट्टी नखोलिएको भए
अंध्यारोमा कसैलाई चिन्न सक्तिन थिएं ।
अंध्यारोलाई छोइसकेपछि
निर्दोष मृत्युले
वन्दुकको बुलेट भएर मलाई स्पर्श ग¥यो
मृत्यु भयलाई नजिकवाट छाम्न सकें
मर्नुको डर पनि आजाद भयो
शरिर मरेर जाने हो, विचार मर्दैन ।
विचारले बुलेटलाई निचोरेर शान्ति कायम गर्छ
शान्तिका पात्रहरु बुलेटभित्र कोचिएका हुन्छन्
र वाहिर अशान्ति मच्चाउने खलनायक
खुलेआम वाँचिरहेका हुन्छन् ।
विखण्डन अनि हिंसात्मक उद्देश्यहरुसंगै
जनताका विरोधी खलनायकहरु
न्यायका पक्षपातिहरुलाई हराउन
आफु सुरक्षित रहिरहन
कानूनलाई उनीहरुको अनुकुल बनाएर मोड्न खोज्छन्
न्यायप्रेमि विचारहरुलाई
अदालतको घेरावन्दीमा पार्न खोज्छन्
अपराधी घोषित गर्न चाहन्छन्
फाँसी दिन चाहन्छन्
अन्धकारलाई पुनर्वहाली गर्न खोज्छन्
मानवतालाई पराजित गर्न खोज्छन्
र पुनः आजादीलाई अपहरण गर्न चाहन्छन ।
विचार स्वतन्त्र छ भनेर जान्दा जान्दै
अन्तिम घडि सम्म पनि
अनेक जालझेल रचिरहन्छन् ।
(३० जुलाई २०१०, भर्जिनिया वाटर)
(स्रोत : रचनाकारको ब्लगबाट सभार)