~रामेश्वर पौडेल~
डाँडा काँडा पहाड़मा बस गुडेको
धरतीको स्वर्ग हेरी मख्ख परेको
मन त मेरो उमंग भयो दृश्य देखेर
खु:सी एवं डरको संगम एक्मै भेटेर
पहराको डीलबाट झर्या सफा पानी
त्यही पानी पिउनलाई मन् गर्छिन् सानी
ढुंगाको पहरो हेर कुनै जीव त्यहाँ छैन
मन्त्र मुग्ध बनाई दिने जादू पनि होईन
प्राकृतिको देन नै त्यो हो रमणीय ठाऊँ
पाखा पर्वत डाँडा काँडा यो देशको गाऊँ
झरनाको पानी पिउदा प्यास मेरो मेटीदैन
विश्व सबै घुमी हेर यो देश जस्तो भेटिदैन
पहाड़को ठाऊँ ठाऊँमा झरि राँको झरना
त्यस झरनाले भन्दै थिए फर्क आफ्नै घर्मा
विदेश गाको बाध्यले कुरा बुझ्या खोई
नत्र हामी सगै हुन्थ्यौ म र मेरा पोई
– रामेश्वर पौडेल
बूढानीलकण्ठ काठमाडौं ।
मिति २०७४ -०४-२१
