कविता : भिखारी बेहाल छ !

~ऋतिक यादव~

अरूका लागि मात्र भई घृणाको एक दरार
कल्पना बेगर हेर ऊ भिखारी बेहाल छ
एक मुठी चामलको नारालाई बनाई आधार
कल्पनाको खोजमा हेर भिखारी बेहाल छ।

छैन केही खानपिन,मर्नको नै हाहाकार छ
मानवताको खोजीमा हेर भिखारी बेहाल छ
मुस्कान सँग उसको शून्य बराबर सारोकार छ
एक जीउदो लास नै भई हेर भिखारी बेहाल छ।

परिचय बेगर,जीवन उसको एक करार छ
जीवनमा मात्र छ अन्तर्घात,भिखारी बेहाल छ
अर्बौं जनतामा,मानवता कहाँ चाही फरार छ
आँसुको व्यापक शृङ्खला,भिखारी बेहाल छ।

गल्ती उसको आफ्नो होइन,भिखारी भएमा
गल्ती चाहिँ हाम्रो असक्षम सरकारको नै छ
गरिबी र मजदुरीलाई मध्यनजर गर्न नसकेकोमा
यो तुच्छ र घटिया नीति, हाम्रो सरकारको नै छ।

– ऋतिक यादव
सिम्रौनगढ-१०,बारा

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.