~दिपा धिताल~
म नव युगकी नारी हुँ
मेरो पुरानो इतिहास पल्टाउन चाहन्न म
मसँग मैले टेकेको जमिन छ
तर गन्ध आउन दिन्न म
जहा“ मेरी आमा र बज्यैहरूका मुनाहरू चिमोटिएका थिए
करङको जेल भित्रभित्रै उनीहरूका जिवन थुनिएका थिए
समयले डामिएका जिन्दगीहरू
ट्राफिकमा जाम भएका रहरहरू
वर्षौ वर्षदेखि मैले देखिरहेछु
जहाँ थुप्रै नारीहरू द्वन्द्वको शिकार भएका छन्
युद्धको मारबाट अस्तित्व गुमाएका छन्
आफ्ना इच्छा र आकाङ्क्षाहरूलाई ताल्चा लगाएर
कैद बनाएका छन्
हो म त नवयुग की नारी हुँ
त्यो कैदबाट उम्किन चाहान्छु
भित्र घाउ पालेर बस्न सक्दिनँ
रहरहरूले चिमोटिरहदा सहन सक्दिनँ
इच्छाहरूले सताइरहँदा मन बाँधेर राख्न सक्दिनँ
मलाई धुलो उडेका गल्ली गल्लीहरूमा हिड्न किन नपरोस् ?
ढुङ्गा ढुङगा र चट्टानै चट्टानसँग
भिड्न नि नपरोस्
म त नवयुगकि नारी हुँ
मेरो पुरानो इतिहास पल्टाउन चाहन्न ।
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अंक १७ – March 18, 2015 – २०७१ चैत्र ४ गते )